२०८३ कार्तिक १२ गते बिहिवार

स्थापना दिवसको सन्दर्भमा दृष्टिविहीनलाई खाद्यान्न 

दाङ,२० जेठ ।  मानव अधिकार तथा शान्ति समाजले २८ औ स्थापना दिवसको सन्दर्भमा पारि दृष्टिविहीन विद्यार्थी र मानव सेवा आश्रममा आश्रित महिलाहरूलाई वस्त्र सहयोग गरेको छ । दाङको तुलसीपुर स्थित दृष्टिविहीन छात्रवासमा बस्दै आएका २१ जना विद्यार्थीहरूका लागि चामल, दाल, तेल, नून,साबुन सेम्पु लगायतका दैनिक उपभोग्य सामान गुरु जजुर उच्च मावि रक्षा चौरका शिक्षक एवम् विद्यालयका फोकल पर्सन बिष्णु प्रसाद न्यौपानेलाई शान्ति समाजका कार्यवाहक सभापति कोमल डिसीले हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, शाखाका सदस्य सन्दीपन रिजाल, शिक्षक विष्णुप्रसाद न्यौपानेले बोल्नुभएको थियो । उक्त छात्रावासमा २१ जना बालबालिका बस्दै आएका छन् भने दृष्टिविहीन ३६ जना बिद्यार्थी गुरु जजुर उच्च माबि रक्षाचौरमा अध्ययन गर्दै आएका छन् । स्थापना दिवसको सन्दर्भमा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित  १९ जना महिलाहरूलाई वस्त्र हस्तान्तरण गरिएको छ । समाजका कार्यबाही सभापति कोमल डिसीले आश्रममा बस्दै आएका १९ जना महिलाहरूलाई साडी धोती लगायतका वस्त्र प्रदान गर्नुभएको हो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सदस्य तुलसीराम सुनार, आश्रमका संयोजक हिरु जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो । शान्ति समाजले स्थापना दिवसको अवसरमा तुलसीपुर कारागार कार्यालयका कैदीहरुका लागि पुस्तक, रक्तदान,नदि सरसफाइ, भ्रष्टाचार विरुद्ध विशेष अन्तरक्रिया, दृष्टिविहीन विद्यार्थीलाई खाद्यान्न, आश्रममा आश्रित महिलाहरूका लागि बस्त्र बितरण गरेको छ । आइतबार दुर्व्यसन विरुद्ध स्कुल केन्द्रित कार्यक्रम र वृक्ष सरसफाइ कार्यक्रम गर्ने भएको सहसचिव माधव बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।