२०८३ मङ्सिर १० गते बिहिवार

अस्पतालका निमित्त प्रमुख डाइलासिस मेसिन बाँड्दै,, उपचार सेवा नपाएर मृगौलाका रोगीहरू छटपटाउँदै


तुलसीपुर, ४  जेठ। 
तत्कालिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २०७९ साउन १६ गते डाइलासिस मेसिन पठाउनुभयो । दाङको तुलसीपुुर गृह जिल्ला भएका र अस्पतालको राम्रो हेक्का भएका मन्त्रीले मृगौलाका दिर्घ रोगीहरुको समस्यालाई मध्यनगर गर्दै ८ वटा डाइलासीस मेसीन पठाउनु भएको थियो । डाइलासिस मेसिन जडान गरेर सेवा विस्तार गर्नुको साटाे राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रसाद अर्यालले तीनवटा मेसिन नेपालजञ्ज मेडिकल कलेजलाइ काम चलाउन दिनुभयो । ३ महिनाभित्र फिर्ता गर्नेगरि २०७९ मंसिर २३ गते दिएका मेसिन ५ महिना वितिसक्दा समेत ल्याउन कुनै पहल गरिएको छैन् । २०७९ भदौ १६ गते निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्महालेका अर्यालकाे  पहिलो काम अस्पतालमा भएका डाइलासिस मेसिन नेपालगञ्ज मेडिकल कलेजलाई उपलब्ध गराउने थियो । पहिला भएका ५ वटा डाइलासिस मेसिन मध्य एउटा विग्रीएको अवस्थामा छ भने ४ वटा चालु अवस्थामा छन् । पूर्वमन्त्री केसीले पठाएका ८ वटा मेसि मध्य ३ वटा मेसिन वितरण गरेपनि ५ वटा त्यतिकै थन्किएका छन् ।

के भन्छन् पूर्वमन्त्री ?
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले डाइलासिस मेसिन बाँडनलाइ काठमाण्डौबाट प्रादेशिक अस्पतालमा नपठाएको बताउनुहुन्छ । डाइलासिस सेवा नपाउँदा मृगौलाका दिर्घ रोगिहरु छटपटाई–छटपटाई अकालमा ज्यान गुमाएको खबर पाएपछि मेसिन पठाएको बताउँदै पूर्वमन्त्री केसीले संचालनमा ल्याउनुको साटो उल्टै बाँडेर मेसुले गलत कार्य गरेको बताउनुभयो ।
‘राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज रुपमा सेवा पाउन र केहि राहतको महसु गरुन भन्ने मेरो चाहना हो । मृगौला रोगिहरुको पिडा कस्तो हुन्छ भन्ने कुरा मैले उहाँहरुसंग बसेर बुझेको छु । मेसुले जिम्मेवारी पाएपछि सेवा विस्तारका लागि पहल गर्नुको साटो भएका उपकरण भागबण्डा लगाएर हाइसुक्क भएर बस्नु यो उपयुक्त कार्य होइन ।’ पूर्वमन्त्री केसीले भन्नुभयो ।
के भन्छन् निमित्त मेसु अर्याल ?

निमित्त मेसु ओम प्रसाद अर्याल
यता प्रादेशिक अस्पतालका निमित्ति मेसु डा.ओम प्रसाद अर्याल विभागको निर्देशन अनुसार मेडिलक कलेजलाई डाइलासिस मेसिन दिएको बताउनुभयो । आफु काम गर्ने कर्मचारी भएकाले स्वास्थ्य विभागको निर्देशन अनुसार काम गरेको बताउनुभो । तीन महिनामा फिर्ता गर्ने गरि दिए पनि अहिले सम्म नपठाएको निमित्त मेसु अर्यालले बताउनुभयो । धादिङ घर भएका निमित्त मेसु केहि वर्ष यतादेखि प्रादेशिक अस्पताल र तुलसीपुरका केहि निजी मेडिलकलहरुमा समेत काम गर्दै आउनुभएकाे छ ।

उपचार अभावमा छटपटाउँदै मृगौलाका रोगिहरु
यता डाइलासिस सेवा नपाउँदा मृगौलाका दिर्घरोगीहरु छटपटाउँदै पिडादायी जीवन विताइरहेका छन् । राप्ती प्रादेशिक अस्पतालमा हिजोआज २३ जना बिरामीले सेवा लिइरहेका छन् । ९० जना बिरामी पालो आउने आशमा कुरेर बसेका छन् । सल्यानको बागचौर नगरपालिका –२ निवासी नन्दु मल्ल सिंह ठकुरी पालो पाउने आशामा तुलसीपुरको बसपार्कमा १ महिनादेखि कोठा भाडामा लिएर बस्नु भएको छ । उहाँको हात, खुट्टा र शरिर पुरै सुन्निुएको छ । तुलसीपुर, घोराही, लमही, नेपालगञ्ज सम्म पूग्दा कतै पनि पालो नपाएपछि अहिले आर्थिक अभावमा कोठामै पल्टिनु भएको छ । ४२ वर्षका उहाँकी श्रीमतिले पनि छोडेर गएपछि साथमा रहेकी ११ वर्षीया छोरीले दिनभरी मागेर ल्याएको पैसाले चुलो बाल्नेदेखि दुखाई कम गर्ने औषधी खाएर प्राण टङ्गाउनु भएको छ । ठकुरी जस्तै ९० जना बिरामी अहिले उपचार अभावमा जीवन र मरणकाे दाेसँधमा छन् ।

पालोमा बसेकाले कहिले पालो पाउँछन ?
यता अस्पतालले पालोमा बसेकाले पालो पाउने सम्भावना एकदमै न्युन रहेको बताएको छ । ‘पालो पाउनलाई निकै गाह्रो छ । कित बिरामीले किड्की फेर्नु फ¥यो । कि त अन्यत्र अस्पतालमा रिफर भएर जानु प¥यो । कि सेवा विस्तार गर्नुप¥यो । कि भने उपचार हुँदाहुदै मृत्यु भएमा मात्र त्यसको ठाउँमा अर्को बिरामीले पालो पाउँछ । नत्र सम्भावना छैन ।’ प्रादेशिक अस्पताल तुलसीपुरका डाइलासीस विभाग प्रमुख लिना भडेलले भन्नुभयो । बिरामीको अवस्था हेरेर एउटा बिरामीले हप्तामा एकपटक देखि दुईपटकसम्म डाइलासि गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।