२७ वैशाख,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ पाँचौ बालश्रम मुक्त वडा घोषणा हुने भएको छ ।आव वैशाख २७ गते बुधबार वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने अन्तिम तयारी पूरा भएको मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर वडाध्यक्ष शिवानन्द डाँगीले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालश्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गरीरहेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर खड्काले पठनपाठन गर्ने उमेर बालबालिकालाई बालश्रममा लगाउन नहुने जिकिर गर्नुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ लाई टेकेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्न लागीएको हो । मेयर खड्काले बालसंरक्षण नीति २०७५ को अनुशरण गरी सुखी नेपाली, समद्ध नेपालको नारालाई सार्थकता दिन विभिन्न कारणले श्रममा संलक्ष्न बालबालिकाको उद्धार, संरक्षण, मनोसामाजिक सहयोग, सामाजिकीकरण, पारिवारिक पुनर्मिलन, पुनस्र्थापना तथा पनर्एकिकरणका कार्यक्रमहरु संचालन बालबालिकाको संरक्षणको अधिकारलाई सुनिश्चित गर्न लागेकोमा खुशी व्यक्त गर्नुभएको छ, साथै उहाँले उपमहानगरलाई नै बालश्रम मुक्त उपमहानगर घोषणा गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
हालसम्म तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १, २,६ र १८ लाई बालश्रम मुक्त घोषणा गरिएको छ भने वडा नम्बर १६ लाई आज एक कार्यक्रमको आयोजना गरे घोषणा गर्न लागिएको छ । अध्यक्ष डाँगीका अनुसार वडामा रहेका स्थानीय टोल विकास संस्था, स्थानीय राजनितिक दलहरु, स्थानीय सामुदायिक तथा संस्थागत विद्यालय, नगर तथा वडा बाल संजाल, युवा संजाल, तुलसीपुर उपमहानगरपालिका बालबालिका तथा सामाजिक विकास शाखा लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु संग वास्तविक धरातलमा पुगेर अध्ययन गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न आत्म विश्वास ल्याएको बताउनुभयो ।
वडामा बालश्रममा परेका बालक २० जना र बालिका १५ जना गरी जम्मा ३५ जना रहेको अनुमान छ । तर यी ३५ बालबालिका मध्य अन्यलाई विभिन्न स्थानमा पुर्नस्थापन गरिसकेको छ, भने अन्य ४ जना बालबालिका १६ वर्षभन्दा माथिका भएकाले उनीहरुलाई श्रमबाट मुक्त गराई वडाले पुःस्थापन गर्ने वडाध्यक्षले बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा बालविज्ञ दुर्गालाल केसीले प्रभावकारी कार्यविधि बनाएर बालश्रम मुक्त वडा घोषणा गर्नु पर्ने बताउनुभयो । वडालाई नामको मात्रै बालश्रम मुक्त वडा घोषणा भन्दा पनि दिर्घकालिन कार्यान्वयन हुने खालको कार्यविधि बनाएर बालश्रम मुक्त वडा घोषणा गर्नु उनले सुझाब समेत दिनुभयो ।
बालश्रम मुक्त वडा घोषणा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ पत्रकार भेटघाट कार्यक्रम वडाध्यक्ष शिवानन्द डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।
वडा नं. १७ पनि बालश्रम मुक्त वडा घोषणाका लागि सम्पूर्ण सूचक अन्तिम तयारी अवस्थामा रहेको छ । नेपाललाई सन् २०३० सम्म बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।