२०८३ मङ्सिर १० गते बिहिवार

पत्रकारिता पेशालाई मर्यादित बनाउन सुझाब

दाङ, २० बैशाख / ३१ औ प्रेस स्वतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । समाजले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने सुझाब दिएका छन् । दूरदराजमा मानव अधिकारका सवालहरुलाई उजागर गरि अधिकारको सुनिश्चता गराउनुपर्नेमा समेत उनिहरुले जोड दिए । लोकतन्त्र प्राप्त पछि बनेको संविधान र संविधानको मर्म र भावना अनुसार बनेका ३ तहको सरकारको अनुभूति नागरिकले गर्न नसकेकाे उनीहरुले बताएका थिए ।

पिउनेपानी, सडक ,स्वास्थ्य, शिक्षा लगायतबाट नागरिकहरू वञ्चितमा पर्दै आएको  उनिहरुकाे गुनासाे थियाे ।  यस्ता सवाललाई प्राथमिकीरण गरि समाचार संप्रेसन गर्नुपर्ने उनीहरूको जोड छ । पत्रकारहरूले आचार संहितालाई व्यवहारमा लागू गर्न नसक्दा विकृति बढ्दै गएको उनीहरूको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले पत्रकारिता क्षेत्र र सामाजिक सञ्जालको विकृतिलाई नियमन गर्न पत्रकार महासङ्घले बिभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो ।
नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले पत्रकारहरूले आफ्नो मर्यादामा बस्न सके समाज रूपान्तरणमा ठुलो मद्दत पुग्ने बताउनुभयो ।मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले पत्रकारिता पेशालाई मर्यादित, बिश्वसनिय बनाउन महासंघलाई सुझाव दिनुभयो ।  सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अन्जना चौधरी, युनियनका उपाध्यक्ष नारायण खड्का, महासंघका कोषाध्यक्ष शरद रेग्मी, पत्रकार  दिपक बोहोरा, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, पत्रकार निरला  गैरे अर्याल लगायतले पत्रकारिता पेशाका अवसर र चुनौतीका बारेमा भनाई राख्नुभएको थियो ।

कार्यक्रम शाखा सभापति नवीन पोख्रेलको सभापतित्वमा भएको थियो भने स्वागत मन्तव्य पत्रकार एव शान्ति समाजका सदस्य उमा भण्डारी र सहजिकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो । शान्ति समाजले मे ३ तारिकमा बिश्व प्रेस स्वतन्त्रा दिवस मनाउदै आएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।