२०८३ कार्तिक १२ गते बिहिवार

निःशुल्क पाइने किताब पाउन ६ सय ५० रुपैयाँको स्मारिका किन्नुपर्ने !

तुलसीपुर, १५ वैशाख । दाङको  शान्तिनगर २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरले विद्यार्थीलाई ६ सय ५० रुपैयाँको स्मारिका किन्नुपर्ने वाध्यकारी नियम बनाएको छ ।  स्मारिका नकिन्ने विद्यार्थीलाई सरकारले निःशुल्क उपलब्ध गराएको पाठ्यपुस्तक नदिने बताएपछि उनीहरू स्मारिका किन्न वाध्य भएका हुन् । विद्यालयले जनकल्याण स्मारिका २०७९ शीर्षकको एक हजार थान स्मारिका छापेको छ ।

निःशुल्क पाइने पाठ्यपुस्तक प्राप्त गर्नका लागि प्रति विद्यार्थी एउटा स्मारिका किन्नुपर्ने भएपछि आफू आर्थिक समस्या परेको नाम नबताउने सर्तमा एक अभिभावकले गुनासो गर्नुभयो । उहाँका ३ जना छोराछोरी सोही विद्यालयमा अध्ययनरत छन् ।  विद्यालयको कृयाकलाप प्रति धेरै अभिभावक प्रताडित भएपनि खुलेर विरोध गर्न सकिरहेका छैनन् । 

यता विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीले चैत्र ३० गतेको अभिभावकको भेलाबाट गरेको निर्णय अनुसार नै स्मारिका बिक्री गरेको बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थका लागि भन्दा पनि विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउन अभिभावको निर्णय अनुसार काम गरेको केसीले बताउनुभयो । एक हजार प्रति स्मारिका छाप्न २ लाख पचास हजार खर्च भएकाले त्यो उठाउनुपर्ने उहाँले बताउनुभयो । प्रधानाध्यापक केसीका अनुसार स्मारिकामा विद्यालयको ५५ वर्षको इतिहास, शिक्षक र विद्यार्थीको लेख र नर्सरी देखि कक्षा नौ सम्मको उत्तीर्ण विद्यार्थीको नतिजा समेटिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।