तुलसीपुर,१८ फागुन । हत्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान अन्तर्गत तुलसीपुरमा एक लाख बढीले औषधि खाएका छन् । अभियान सुरु गरेको सातौ दिन बुधबारसम्म एक लाख ३३ हजार ५ सय जनाले औषधि खाएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखा जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो ।
एक लाख ६५ हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्वाथ्य प्रर्वद्धन शाखाले ११ गतेदेखि अभियान सुरु गरेको थियो । अभियानलाई सफल बनाउन १२५ जना स्वास्थ्यकर्मी, २१० जना महिला स्वंमसेविका र जनप्रतिनिधिहरुलाई परिचालन गरिएको स्वास्थ्य निरीक्षक केसीले बताउनुभयो । आम औषधि सेवन अभियान आज पनि जारी रहेको छ । यसैबिच औषधि खान छुटेकाले भोलिदेखि नजिकको स्वास्थ्य संस्थामा गएर खानसक्नेछन् ।
अर्काेलाइ लगिदिन्छु भन्दै औषधि मागेमा किन दिइदैन ?
यस पटकको अभियानमा भने स्वास्थ्यकर्मीले औषधि घर लग्न दिएका छैनन् । प्रत्यक्ष आफ्नै निगरानीमा औषधि खुवाउने नीति अनुसार घर लगिदिने भन्दै परिवारको सदस्यले मागेमा नदिने गरेको स्वास्थ्य शाखाले बताएको छ ।
‘घरमा परिवारको सदस्यलाई लगिदिन्छु भन्दै पोको पारेर औषधि लग्ने । तर खान्छु भन्दा भन्दै खान विर्सने । कागजमा औषधि त गयो तर सबैले खाएन् । यो कुरा सर्वे गर्दा पनि पुष्टि भएपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिएको हो । स्वास्थ्य निरीक्षक केसीले भन्नुभयो ।
औषधि खोलेकोे आधा घण्टा भित्र खाइसक्नुपर्छ । नत्र औषधिले काम नगर्ने शाखाले जनाएको छ । यो औषधि डाइलाइसिश गराइरहेका, ७ दिनको गर्भवति, २ वर्षमूनिको बालबालिका बाहयक सबैले खान मिल्छ ।।
तथ्याङकमा हेर्दा यस्ताे छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।