२०८३ मङ्सिर ९ गते बुधवार

हात्तीपाइले रोग विरुद्धको औषधी खान आग्रह

तुलसीपुर, १० फागुन ।  दाङको तुलसीपुरमा हात्तीपाइले रोग विरुद्धको औषधी खान आग्रह गर्दै स्वास्थ्यकर्मीले संयुक्त रुपमा हात जोडेको फोटो भाइरल भएको छ । यसपटक एक लाख ६० हजार जनसङ्ख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई सार्थक तुल्याउन तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखाका स्वास्थ्यकर्मीले संयुक्त रुपमा हात जोडेर अपिल गरेका छन् ।  बिहीबारदेखि एकहप्तासम्म हात्तीपाइले रोग निवारणका लागि औषधी खुवाउने कार्यक्रम तय गरिएको सीएमए अधिकृत विष्णु गिरीले जानकारी दिनुभयो ।

केहि वर्षयतादेखि तुलसीपुर क्षेत्रमा  आम नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सार्वजनिक स्थानदेखि घरघरमा पुगे पनि आशा गरेअनुसार लक्षयमा पुग्न नसकेको स्वास्थ्य शाखाले बताएको छ । यद्यपि यो पटकको अभियानलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सामाजिक अभियानकर्ता, सामाजिक सङ्घसंस्थाका प्रतीनिधि मार्फत सफलता पु¥याउने अधिकृत गिरीले बताउनुभयो । 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।