तुलसीपुर,६ फागुन । तुलसीपुर उपमहानगरपालिका भित्र बन्ने भवनहरु पालिकाबाट नक्सा पास गराएर मात्र बनाउनु पर्ने प्रवाधान रहेको भए पनि अधिकांस भवनहरु नक्सा पास विनानै निर्मान भएका छन् । कति भवन पालिका भित्र नक्सा पास विनानै बनेका छन् भनी एकिन तथ्याङ्क समेत सङ्कलन गर्न समस्या भईरहेको पालिकाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको १२ औं नगरसभाले विधेयक पारित गर्दै अभिलेखिकरण नभएका घरहरुलाई समयमै पालिकामा अभिलेखिकरण गर्न र अब बन्ने घरहरु नक्सा पास गराएर मात्र बनाउन अनुरोध गरेको छ ।
यो पनि हेर्नुहोस
बाणिज्य संघको आगामी नेतृत्वका लागि मेरो आवश्यक छ : बिनील केसी
उपमहानगरले चालु आर्थिक वर्षको वैशाख महिनाको मसान्तसम्म अभिलेखिकरणमा आउने घरधनीहरुलाई ५० प्रतिशत र वैशाख पछि आउने घरधनीहरुलाई १०० प्रतिशत जरिवाना लिई अभिलेखिकरण गर्ने बताएको छ । त्यसैगरी अब बन्ने कुनै पनि नयाँ भवन पालिकाबाट नक्सा पास नलिर्ई निर्मान गरे वडाबाट दिईने खानेपानी, विद्युतजस्ता सिफारीसहरु रोक्का गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।