२०८३ असोज २४ गते शनिवार

तुलसीपरमा रोकिएको जग्गाको कित्ताकाट सुरु

तुलसीपर, १२ माघ । तुलसीपरमा रोकिएको जग्गाको कित्ताकाट सुरु भएको छ । नयाँ भु–उपयोग नियमावली २०७९ अनुसार वडाले जग्गाको वर्गिकरण गरेपछि नगरका १५ वटा वडामा जग्गाको कित्ताकाट सुरु भएको हो । नगरका १५ वटा वडाले जग्गाको वर्गिकरण गरेर पठाएपछि गत मंसिर २३ गतेदेखि रोकिएको कित्ताकाट आजबाट शुरु भएको मालापोत कार्याल्य तुलसीपुरका प्रमुख कर्णबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार जग्गाको वर्गिकरण नगरेका ३, १०, १२ र १४ वडाको भने कित्ताकाट रोकिएको छ । यद्यपी बाँकी चार वटा वडामा पनि करिब एक साताभित्र कित्ताकाट शुरु गर्न सकिने प्रमुख नेपालीले ताउनुभयो । भु–उपयोग नियमावली २०७९ अनुसार जग्गाको वर्गिकरण कृषि, आवास लगायत १० वटा क्षेत्रमा वर्गिकरण गर्नुपर्ने भएपनि तुलसीपुरमा अहिले तत्काल पहिलो चरणमा कृषि र गैह्रकृषि छुट्याएर कित्ताकाट खुल्ला गरिएको छ । अन्य पालिकाकाे कित्ताकाट भने भइरहेकाे थियाे ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।