२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा आफ्नै साथीले बलात्कार गरेको आरोप 

तुलसीपुर, २७ पुस । इलाका प्रहरी कार्यालय तुलसीपुरमा बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । तुलसीपुरको बाहिनी चोक नजिकै रहेको मयुर होटेलमा १४ वर्षका किशोरले डरत्रास देखाउँदै होटेलमा लगेर १३ वर्षकी बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो । विद्यालय स्रोतका अनुसार बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ । घटना पुस २१ गते   बिहान ८ बजे भएपनि उजुरी मंगलबार परेको हो ।

दुवैजना एउटै विद्यालयमा पढ्दै आएका थिए । बलात्कार आरोपी पनि बालबालिकाको उमेर भित्र पर्ने भएकाले नाम गोप्य राखिएको छ ।  स्रोतका अनुसार उजुरी पश्चात स्वास्थ्य परीक्षण गरिएको भए पनि प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन ।।
 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।