तुलसीपुर, २३ पुस । दाङको तुलसीपुरमा जघन्य प्रकृतिका घटनामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । साढे पाँच महिनालाई तुलना गर्दा गएको वर्ष भन्दा यस वर्ष बलात्कार, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान लगायतका जघन्य प्रकृतिका आपराधिक घटनामा वृद्धि भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/ ०८० को चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनाकाे १९ गतेसम्म बलात्कार १८, कर्तव्य ज्यान ३, भवितव्य ज्यान २७, फुत्कन ज्यान ८, ज्यान मार्ने उद्योग ८, चोरी २६, अपहरण तथा शरीर बन्धक २, चोरी १, जबरजस्ती करणी उद्योग १, बाल यौन दुरुपयोग सार्वजनिक सान्ती विरुद्धका ३२ वटा घटना भएका छन । घटनाको सृङखलालाई हेर्दा आगामी असार मसान्तसम्म अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ । अघिल्लो बर्षलाई तुलना सबैभन्दा बढी बलात्कारमा ५, भवितव्यमा १३, चोरीमा १६ वटाले बढेको छ ।
याे पनि पढ्नुहाेस
दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन
अघिल्लो वर्ष इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता भएका ४२६ वटा घटना मध्य पुस महिनासम्म बलात्कारका १३, कर्तव्य ज्यान ३, ज्यान मार्ने उद्योग ६, सवारी ज्यान १३, सवारी भवितव्य ज्यानका ४ वटा घटना भएका छन । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले समग्रमा आपराधिक घटनामा कमी आएको दाबी गर्नुभएको छ । केहि घटनामा वृद्धि भएको देखिएपनि समग्रमा घटेको मल्लले बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।