तुलसीपुर, २१ मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थय कार्यक्रम अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पताल रक्षाचौरले विशिष्टकृत सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा मोतियाविन्दु, जलविन्दु, आँखाको प्रत्यारोपन, लगाएतका विभिन्न समस्याको अत्याधुनिक प्रविधिद्धारा उपचार गरेर लाखौ नागरिकले आँखाको नयाँज्योति पाएको बताइएको थियो ।
पत्रकार सम्मेलनमा आँखाको पर्दामा देखिएका समस्याको निराकरणका लागि दुरबीन विधि, लेजर प्रविधि, इन्जेक्सन प्रविधि ,सल्यकृया प्रविधि मार्फत उपचार गरिने डाक्टर सन्तोष सुवेदीले जानकारी दिनुभयो । आँखाको पर्दामा जाली लाग्ने, प्वाल पर्ने, तल झर्ने, चाउरी पर्ने समस्या देखिन्छ । त्यसैगरी आँखको क्यान्सबाट बच्न आसुको नली समम्वन्धी उपचार तथा शल्यक्रिया, आसुको थैली निकाल्ने शल्यक्रिया, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया, बन्द आसु नलीको प्याल खुला गर्न शल्यक्रिया गरेर पनि उपचार सेवा दिएको डाक्टर सुवेदीले बताउनुभयो ।
अस्पतालले आँखाको सान्दौर्यतासंगै बुढेसकालमा देखिने अनुहारको चौरीपनाको र आँखाको ढकनीको शौदर्यताका लागि उपचार गरिने बताएको छ । त्यसैगरी अस्पतालले डेढो आँखाको उपचार, अल्छी आँखाको उपचार, बालबालिको आँखाको दृष्टी दोषको उपचार, बालबालीको मोतियाविन्द्को सल्यक्रीया, न्यून दृष्टी सम्वन्धी उपचार सेवा दिने गरेको छ ।
नागरिकहरु उपचार सेवा थाहा नपाएर पनि बाहिर जाने गरेको भन्दै अस्पतालका प्रशासक किरण पौडेलले सेवाका बारेमा नागरिकलाई जानकारी गराउन अति आवश्यक रहेको बताउनुभयो । प्रशासनिक समितिका संयोजक चिरञ्जी रिजालको अध्यक्षता एवं नेपाल नेत्र ज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्काको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।






