२०१५ सालको आमचुनाव र त्यसको प्रभाव

काठमाण्डाै १० मंसिर / २००७ सालमा प्रजातन्त्रको घोषणासँगै राजा त्रिभुवनले देशमा आमचुनाव गराउने घोषणा गरेका थिए । तर, सात सालपछि बनेका सरकारहरूको रवैया तथा राजा त्रिभुवनको स्वर्गारोहणपछि राजा महेन्द्रको राजनीतिक विचारधाराले गर्दा आमचुनावको तिथिमिति यकिन हुन सकेन । धेरैपटक चुनावका कुरा उठे र बिचमै सेलाए । सात सालपछि बनेका हरेक प्रधानमन्त्रीले आमचुनाव गराउने एजेन्डा पनि प्रस्तुत गर्थे । तर, सरकार चलाउने नै यकिन नभएको त्यसबेलाका प्रधानमन्त्रीहरूको एजेन्डा केवल गफ मात्र बन्थे ।

अन्ततः राजा महेन्द्रले २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्लाई आमचुनाव गराउने जिम्मेवारी दिइयो । जसका लागि पूर्वाधार स्वरुप २०१५ फागुन १ गते राजा महेन्द्रबाट नेपाल अधिराज्यको पहिलो संविधानको घोषणा भयो ।

राजा महेन्द्रलाई उनका सल्लाहकारहरूले गोप्य रूपमा नेपाली कांग्रेसको पक्षमा जनता धेरै नभएको तथा चुनावमा कांग्रेसको बहुमत नआउने जानकारी दिएका थिए । जसका कारणले राजा महेन्द्र चुनावका लागि तैयार भए । तर, चुनावपछि राजाले सोचेभन्दा विपरीत परिणाम देखियो । कांग्रेसको पक्षमा बहुमत देखिएको हुँदा राजा चुनावको परिणाम घोषणा गर्ने पक्षमा नै पुगेनन् । परिणाम प्रकाशित गर्न निकै ढिलाइ गरियो ।

बारम्बार चुनावको तिथिमिति नतोकिनु वा चुनाव गराउँछु भनेर सरकार बनाउनेहरूले पनि चुनाव गर्न नसकेपछि नेपाली कांग्रेसले अन्य दलहरूसँग मिलेर प्रजातान्त्रिक मोर्चा बनाएको थियो । काठमाडौंमा बीपी कोइरालाको नेपाली कांग्रेस, डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय कांग्रेस र भद्रकाली मिश्रको नेपाल प्रजा परिषद् मिलेर २०१४ साउन १४ गते प्रजातान्त्रिक मोर्चा बनाएको थियो । यस मोर्चाको मूल उद्देश्य नै आमचुनाव गराउने थियो । मोर्चाको गोप्य बैठक वीरगञ्जको हिमालय होटलमा डाकिए पनि दिल्लीरमण र भद्रकाली मिश्र नपुग्दा बीपीले आफ्ना पक्षधरहरू मात्रै जम्मा गरेर असोजको २१ र २२ मा बैठक गरे । यही बैठकले मंसिर २२ देखि भद्र अवज्ञा आन्दोलनको घोषणा ग¥यो ।

ज्ञ (घ)ज्ञटटढघडटज्ञज्ञठ.वउन

निर्धारित मितिमा भद्र अवज्ञा आन्दोलनको तैयारी भयो । वीरगञ्जको हिमालय होटलको बैठकमा नपुगे पनि दिल्लीरमण र भद्रकाली मिश्रले बीपीको चाहनाबमोजिमको आन्दोलनमा साथ दिन पुगेका थिए । बिहानै दुवै कांग्रेसका कार्यकर्ता तथा मिश्रको नेपाल प्रजापरिषद्का कार्यकर्ताहरू सिंहदरबारको पश्चिम ढोका प्रवेश रोक्न पुगिहाले । कोही चारखाल अड्डाको मूलढोकाअगाडि पुगेका थिए ।

आन्दोलन रोक्न सरकारले प्रहरी बोलाएर वारुणयन्त्रको दमकलबाट पानीको फोहोरा हानेर आन्दोलनकारीहरूलाई तितरबितर पारे, केहीलाई समाए पनि । यसरी चुनावका लागि आन्दोलन नै हुन थालेपछि राजा महेन्द्रलाई पनि एकपटक सोच्नैपर्ने आवश्यकता भयो । राजा महेन्द्रले चुनावको घोषणा गर्नुअगाडि सल्लाहकारसभाका केही सदस्यहरूसँग नेपाली कांग्रेसको चुनावी परिणामको आकलन गर्न लगाए ।

ती सल्लाहकारहरूले चुनाव भइहाले पनि नेपाली कांग्रेसले खासै विजय नगर्ने मुस्किलले २०–२२ सिटमा मात्रै विजय गर्न सक्ने भनेपछि राजा महेन्द्र चुनावको तयारीका लागि निर्देशन दिए । जसअनुसार २०१५ असार २० निर्वाचन आयोगको सल्लाह लिई जनप्रतिनिधित्व नियमावली २०१५ घोषणा भयो । यसरी सम्पूर्ण तयारी सुरु भएपछि २०१५ कात्तिक २४ मा निर्वाचन आयोगको सूचना नं १ जारी भयो । जसअनुसार जुम्ला जिल्लाको क्षेत्र नं ७३ जुम्ला उत्तर र क्षेत्र नं ७४ जुम्ला दक्षिणबाहेक १०७ निर्वाचन क्षेत्रहरूको निर्वाचनको सूचना जारी भयो । कात्तिक २४ देखि मंसिर २३ सम्म नोमिनेसन दाखिला गर्ने, मंसिर २४ देखि ३० सम्म नोमिनेसन जाँच गर्ने, नोमिनेसन जाँच गरेको तेस्रो दिनमा नाम फिर्ता लिने । जुम्ला उत्तर तथा दक्षिणको भने चैत ५ र २१ गते चुनावको घोषणा भएको थियो ।

ज्ञ (ड)ज्ञटटढघडटज्ञठघ.वउन२०१५ मंसिर ११ गते राजा महेन्द्रले चुनावको घोषणाका लागि सल्लाहकारसभा बोलाई २०१५ मंसिर १५ गते शाही सम्बोधनबाट निर्वाचनको घोषणा भयो । २०१५ सालको फागुन ७ गते चुनाव गर्ने घोषणा गरिएको थियो । चुनावको तिथिमिति नै तोकिएपछि राजनीतिक पार्टीहरूको चुनावी चहलपहल सुरु भयो । राजा महेन्द्र पनि चुनावमा प्रमुख दलका नेतालाई कसरी हराउने भन्ने दाउमा लागेका थिए । प्रमुख नेताहरू उठेको स्थानमा गोप्य रूपमा राजा महेन्द्रले पनि विभिन्न व्यक्तिहरूलाई उठाएका थिए । तर, यसरी उठाइएका कोहीले पनि जित्न सकेनन् ।

तत्कालीन समयमा १०९ निर्वाचन क्षेत्र तोकिएका थिए । प्रत्येक निर्वाचन क्षेत्रमा एक खरदार दर्जाको निर्वाचन अधिकृत तोकिएको थियो । साथै, जसमा ३१ जनालाई जिल्ला निर्वाचन अधिकृत तथा चार जना जोनल निर्वाचन अफिसर तोकिएको थियो ।

निम्नअनुसार जिल्ला निर्वाचन अधिकृत तथा जोनल निर्वाचन अफिसर तोकिएको थियोः

उपत्यका मा क्षेत्र नं १, २, ३, ४, ५ रामनिधि तिवारी
पूर्व १ नं मा क्षेत्र नं ६, ७, ८, ९, १० श्रीनाथ पाण्डे
पूर्व २ नं मा क्षेत्र नं ११, १२, १३, १४, १५ लक्ष्मीदास रञ्जितकार
पूर्व ३ नं मा क्षेत्र नं १६, १७, १८, हिक्मत बहादुर
पूर्व ४ नं मा क्षेत्र नं १९, २०, २१ भैरवनाथ उपाध्याय
उदयपुरमा पद्मबहादुर राजभण्डारी (जोनल अफिसरसमेत)
धनकुटामा क्षेत्र नं २२, २३, २४, २५, २६, २७, युवराज पन्थी
इलाममा क्षेत्र नं २८, २९ वासुदेव ढकाल (अञ्चल जोनल अफिसरसमेत)
झापामा क्षेत्र नं ३० रत्नलाल श्रेष्ठ (जोनल अफिसरसमेत)
मोरङमा क्षेत्र नं ३१, ३२, ३३, ३४ नारायणकृष्ण जोशी
सप्तरी सिरहा क्षेत्र नं ३५, ३६, ३७, ३८, ३९, ४० भुवनेश्वर शर्मा
महोत्तरी सर्लाही क्षेत्र नं ४१, ४२, ४३, ४४, ४५, ४६, ४७ लक्ष्मणप्रसाद उपाध्याय
बारा, पर्सा, रौतहट क्षेत्र नं ४८, ४९, ५०, ५१, ५२, ५३, ५४ बद्रीनाथ आचार्य
मकवानपुर र चिसापानी क्षेत्र नं ५५, ५६ कनकबहादुर जोशी (जोनल अफिसरसमेत)
पाल्ही पूर्व क्षेत्र नं ५७ रामचन्द्र शर्मा
पाल्ही माझखण्ड क्षेत्र नं ५८, ५९ चिरञ्जीवीप्रसाद
खजहनी शिवराज क्षेत्र नं ६०, ६१ चिरञ्जीवीप्रसाद
दाङदेउखुरी क्षेत्र नं ६२ शुशील झा
बाँके, बर्दिया क्षेत्र नं ६३, ६४ पुरुषोत्तम घिमिरे
कैलाली, कञ्चनपुर क्षेत्र नं ६५ रामबहादुर पाण्डे (जोनल अफिसरसमेत)
डडेल्धुरा, बैतडी क्षेत्र नं ६६, ६७, ६८ शुलपाणि उपाध्याय
डोटी क्षेत्र नं ६९, ७०, ७१, ७२ कनकबहादुर जोशी
जुम्ला क्षेत्र नं ७३, ७४ छवीन्द्रबहादुर
दैलेख क्षेत्र नं ७५, ७६, ७७ मणिभद्र शर्मा
सल्यान क्षेत्र नं ७८, ७९, ८०, ८१, ८२ वामदेव
प्युठान क्षेत्र नं ८३, ८४, ८५ रामनाथ
बागलुङ क्षेत्र नं ८६, ८७, ८८ शेषकान्त
गुल्मी क्षेत्र नं ८९, ९०, ९१, ९२ हरिनाथ शर्मा
पाल्पा क्षेत्र नं ९३, ९४ रामचन्द्र शर्मा
पश्चिम ४ नं क्षेत्र नं ९५, ९६, ९७, ९८ दामोदरलाल राजभण्डारी
पश्चिम ३ नं क्षेत्र नं ९९, १००, १०१, १०२ ब्रजमोहन सोती
पोखरा दक्षिण पूर्व क्षेत्र नं १०३ बलराम शर्मा
पश्चिम २ नं क्षेत्र नं १०४, १०५ बलराम शर्मा
पश्चिम १ नं क्षेत्र नं १०६, १०७, १०८, १०९ जीवराज नेपाल ।

यसरी निर्वाचन अधिकृत नियुक्तपछि मतदाताको नाम जाँच तथा छुट र थपघटको अधिकार भने निम्नअनुसारको बडाहाकिमहरूलाई अधिकार दिइएको थियोः

कान्तिपुर क्षेत्र नं १, २ र ५ उपत्यका मेजिस्ट्रेट दुर्गादत्त
ललितपुर क्षेत्र नं ३ ललितपुर मेजिस्ट्रेट धैर्य शमशेर जबरा
भक्तपुर क्षेत्र नं ४ भक्तपुर मेजिस्ट्रेट पुष्पलाल
पूर्व १ नं क्षेत्र नं ६, ७, ८ र ९ बडाहाकिम पूर्व १ नं कुलबहादुर शाही
पूर्व २ नं क्षेत्र नं ११, १२, १३, १४ र १५ बडाहाकिम पूर्व २ नं गम्भीरध्वज गुरुङ
पूर्व ३ नं क्षेत्र नं १६, १७ र १८ बडाहाकिम पूर्व ३ नं जसबहादुर लिम्बू
पूर्व ४ नं क्षेत्र नं १९, २० र २१ बडाहाकिम पूर्व ४ नं ध्यानबहादुर राई
धनकुटा क्षेत्र नं २२, २३, २४, २५, २६ र २७ बडाहाकिम धनकुटा मोहनबहादुर सिंह
इलाम क्षेत्र नं २८ र २९ बडाहाकिम इलाम सन्तवीर लामा
झापा क्षेत्र नं ३० बडाहाकिम झापा रत्नविक्रम राणा
मोरङ, विराटनगर क्षेत्र नं ३१, ३२ र ३३ बडाहाकिम मोरङ विराटनगर तारकबहादुर शाह
उदयपुर क्षेत्र नं ३४ बडाहाकिम उदयपुर धर्मानन्द
सप्तरी, सिरहा क्षेत्र नं ३५, ३६, ३७, ३८, ३९ र ४० बडाहाकिम सप्तरी सिराहा सहदेव सिंह
महोत्तरी, सर्लाही क्षेत्र नं ४१, ४२, ४३, ४४, ४५, ४६ र ४७ बडाहाकिम महोत्तरी सर्लाही बद्रीविक्रम थापा
बारा, पर्सा, रौटहट क्षेत्र नं ४८, ४९, ५०, ५१, ५२, ५३ र ५४ बडाहाकिम बारा, पर्सा, रौटहट पुरनसिंह
चीसापानी क्षेत्र नं ५५ र ५६ बडाहाकिम चसिापानी लोकजंग राणा
पाल्ही माझखण्ड क्षेत्र नं ५७, ५८ र ५९ बडाहाकिम पाल्ही माझखण्ड गेहेन्द्र शमशेर राणा
खजहनी शिवराज क्षेत्र नं ६० र ६१ बडाहाकिम खजहनी शिवराज नन्दबहादुर मल्ल
दाङ क्षेत्र नं ६२ र ८० बडाहाकिम दाङ झुलेन्द्रविक्रम राणा
बाँके बर्दिया क्षेत्र नं ६३ र ६४ बडाहाकिम बाँके, बर्दिया, मकरबहादुर बान्तवा
कैलाली कञ्चनपुर क्षेत्र नं ६५ बडाहाकिम कैलाली, कञ्चनपुर डोरविक्रम शाह
डडेल्धुरा क्षेत्र नं ६६ बडाहाकिम डडेलधुरा भुवनविक्रम शाह
बैतडी क्षेत्र नं ६७ र ६८ बडाहाकिम बैतडी उत्तर केशर जोशी
डोटी क्षेत्र नं ६९, ७०, ७१ र ७२ बडाहाकिम डोटी बद्रीप्रसाद थपलिया
जुम्ला क्षेत्र नं ७३ र ७४ बडाहाकिम जुम्ला नन्दबहादुर शाह
दैलेख क्षेत्र नं ७५, ७६ र ७७ बडाहाकिम दैलेख रेसमबहादुर
सल्यान क्षेत्र नं ७८, ७९, ८१ र ८२ बडाहाकिम सल्यान युद्धबहादुर
प्युठान क्षेत्र नं ८३, ८४ र ८५ बडाहाकिम प्युठान धर्मबहादुर पहाडी क्षत्री
बागलुङ क्षेत्र नं ८६, ८७ र ८८ बडाहाकिम बागलुङ नरसिंह बहादुर मल्ल
गुल्मी क्षेत्र नं ८९, ९०, ९१ र ९२ बडाहाकिम गुल्मी गुप्तबहादुर
पाल्पा क्षेत्र नं ९३ र ९४ बडाहाकिम पाल्पा टंकप्रसाद अधिकारी
पश्चिम ४ नं ९५, ९६, ९७ र ९८ बडाहाकिम पश्चिम ४ नं गमबहादुर
पश्चिम ३ नं ९९, १००, १०१ र १०२ बडाहाकिम पश्चिम ३ नं नारायणप्रसाद थपलिया
पश्चिम २ नं १०३, १०४, १०५ बडाहाकिम पश्चिम २ नं कृष्णराज पन्थ
पश्चिम १ नं १०६, १०७, १०८ र १०९ बडाहाकिम पश्चिम १ नं लेकविक्रम राना ।

त्यतिबेला चुनावमा उठ्नका लागि केवल २५० रुपैयाँ धरौटी राख्नुपर्थ्यो । चुनावका लागि प्रत्येक उम्मेदववारले बढीमा ५००० रुपैयाँसम्म खर्च गर्न पाउने नियम बनाइएको थियो । अधिकतम राजनीतिक दलहरूको चुनाव चिह्न यस प्रकार थिएः

ज्ञ (द्द)ज्ञटटढघडटघघज्ञ.वउननेपाली कांग्रेस (बीपी कोइराला)– रुख ।

नेपाली राष्ट्रिय कांग्रेस (डा. डिल्लीरमण रेग्मी)– छाता ।

नेपाल प्रजा परिषद् (भद्रकाली मिश्र) – हलो ।

नेपाल राष्ट्रवादी गोर्खा परिषद् (रणधिर सुब्बा)– झुपडी ।

नेपाली कम्युनिस्ट पार्टी (महासचिव केशरजङ्ग रायमाझी)– मकैको तीन घोगा र हँसिया ।

संयुक्त प्रजातन्त्र पार्टी (डा. केआई सिंह) – धानको बाला ।

राष्ट्रिय मोर्चा () – लालटिन ।

नेपाल प्रजातान्त्रिक महासभा (रङ्गनाथ शर्मा) – हात ।

नेपाल प्रजा परिषद् (टंकप्रसाद आचार्य) – घन र कोदालो ।

नेपाल तराई कांग्रेस (बेदानन्द झा) – लँगौटी लगाएको मानिस, टाउकोमा गहुँको बोझा ।

राष्ट्रिय पञ्चायत ()– बाख्रा ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारका लागि पानस, माछा, फूल, घोडा, डुङ्गा, चरा, धारा, ताल्चा, मसी र कलम, घण्टा, सारङ्गी, घडी, घैला, तराजु र हात्ती तोकिएको थियो ।

एघारवटा दलले सूचीकृत गरे पनि राष्ट्रिय मोर्चा र राष्ट्रिय पञ्चायत दलले सरकारले तोकेअनुसार २० प्रतिशत पनि उम्मेदवार उठाउन नसकेपछि दलका रूपमा चुनाव चिह्न नै पाएन ।

निर्धारित मितिमा नै चुनाव सुरु भयो । १०९ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले १०८, नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले ८६, संयुक्त प्रजातन्त्र पार्टीले ८६, नेपाल कम्युनिस्ट पार्टीले ४७, नेपाल प्रजा परिषद्ले (टंकप्रसाद) ४६, नेपाल प्रजा परिषद्ले (भद्रकाली मिश्र) ३६, नेपाल प्रजातान्त्रिक महासभा ६८, तराई कांग्रेस २१, नेपाली राष्ट्रिय कांग्रेस २१ तथा स्वतन्त्र उम्मेदवार २६८ जना गरी ७८७ जना चुनावी मैदानमा होमिएका थिए ।

केवल मतदाता ४२ लाख ४६ हजार ४६८ रहे पनि चुनाव गराउन करिब ५२ दिन लागेको थियो । फागुन ७ गते सुरु भएको चुनावमा झापाको चुनाव चैत १३ गतेका लागि सारिएको थियो भने जुम्लाको मिति पछि निर्धारण भएर चैत ५ गते जुम्ला दक्षिण र चैत २१ गते जुम्ला उत्तरको चुनाव मिति तोकिएको थियो । अन्ततः चैत २७ मा बल्ल सकिएको थियो ।

सबै चुनावको प्रक्रिया चैत २७ मा समाप्त भए पनि मत गन्न केही समय लाग्यो । चुनावको मत गनिए पनि परिणाम दिन राजा महेन्द्र उत्सुक रहेनन् । राजा महेन्द्रले अपेक्षा गरेभन्दा परिणाम धेरै नै भिन्न आएको थियो । तसर्थ राजाले मतपरिणामको घोषणा गर्न निकै समय लगाए ।

मतपरिणामको प्रतीक्षाकै समय २०१६ वैशाख २५ देखि वैशाख ३१ गते कांग्रेसको सातौँ अधिवेशन काठमाडौंमा भयो । वैशाख ३१ गते सुवर्ण शमशेरको निजी निवास ललिता निवास बालुवाटार (हाल प्रधानमन्त्री निवास)मा भएको छलफलले बीपी कोइरालालाई संसदीय दलको नेता तथा सुवर्ण शमशेरलाई उपनेता चयन गरेको थियो ।

यता चुनाव आयोगले अन्ततः २०१६ वैशाख २८ गते नतिजा प्रकाशित ग¥यो । नतिजामा नेपाली कांग्रेसले ३३.६५ प्रतिशत मतसहित ७४ सिटमा विजय हासिल गरेको थियो । अन्यमा नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १५.२९ प्रतिशत मतसहित १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिस्ट पार्टीले ४, नेपाल प्रजा परिषद्ले (टंकप्रसाद) २, नेपाल प्रजा परिषद्ले (भद्रकाली मिश्र) १ तथा स्वतन्त्र उम्मेदवार ४ जना विजयी भएका थिए ।

ज्ञ (छ)ज्ञटटढघडटछटद्द.वउन

चुनावमा ४६.६५ प्रतिशत अर्थात् केवल १९ लाख ८१ हजार ३८१ मतदाताको मात्र मत वैध भएको थियो । ११ वटा राजनीतिक दल दर्ता भए पनि नौवटा राजनीतिक दलले मात्र भाग लिन पाए । तर पनि अधिकांश दल प्रमुखको हार भएको यस चुनावमा नेपाली कांग्रेसका पार्टी प्रमुख विश्वेश्वरप्रसाद कोइरालाले मात्र विजय हासिल गरेका थिए ।

साथै, नेपाली कांग्रेसको सुवर्ण शमशेरले भने तीन ठाउँबाट चुनाव लडेकोमा तीनवटै ठाउँबाट विजय हासिल गरेको थियो । अन्य दलमा राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी, नेपाल प्रजा परिषद्का भद्रकाली मिश्र, गोरखा परिषद्का रणधिर सुब्बा, संयुक्त प्रजातन्त्र पार्टी, तराई कांग्रेसका वेदानन्द झा, प्रजातान्त्रिक महासभाका रङ्गनाथ शर्मा, नेकपाका महासचिव केशरजङ्ग रायमाझी सबैको हार भएको थियो ।

अधिकांश राजनीतिक पार्टीहरूको नतिजाको अवस्था खासै राम्रो थिएन । देशैभर गरेर २६८ स्वतन्त्र उम्मेदवार रह्कोमा केवल चारले विजय हासिल गरेको थियो भने बाँकी सबैको जमानतसमेत जफत भएको थियो ।

राजा महेन्द्रले जेठ ८ गते सरकार गठनका लागि आह्वान भएपछि जेठ १३ गते विधिवत् रूपमा बीपी कोइरालाको नेतृत्वमा नेपालको पहिलो जननिर्वाचित सरकारको घोषणा भयो ।

प्रधानमन्त्री – विश्वेश्वरप्रसाद कोइराला
उपप्रधानमन्त्री – सुवर्ण शमशेर जबरा
मन्त्री – गणेशमान सिंह
मन्त्री – सूर्यप्रसाद उपाध्याय
मन्त्री – रामनारायण मिश्र
मन्त्री – काशीनाथ गौतम
मन्त्री – परशुनारायण चौधरी
मन्त्री – शिवराज पन्त
उपमन्त्री – प्रेमराज आङ्देम्बे
उपमन्त्री – ललित चन्द
उपमन्त्री – द्वारिकादेवी ठकुरानी
उपमन्त्री – मीनबहादुर गुरुङ
उपमन्त्री – जमानसिंह गुरुङ
उपमन्त्री – नेवबहादुर मल्ल
उपमन्त्री – योगेन्द्रमान शेरचन
उपमन्त्री – तुलसी गिरी
उपमन्त्री – शिवप्रताप शाह
उपमन्त्री – दिवानसिंह राई
उपमन्त्री – सूर्यनाथ दास यादव ।

चन्द्र शमशेरले सिंहदरबार बनाउँदा मूल भवनको पछाडि निजी थियटर भवन पनि बनाएका थिए । त्यसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यही ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा विदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्थे ।

ज्ञ (ज्ञ)ज्ञटटढघडटछढठ.वउन

२००४ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरले भारदारी सभा गठन गरेपछि यसको बैठक यही भवनमा नै गराए । २००४ साल माघ १३ गते पहिलो भारदारीसभाको बैठकबाट नै ’नेपाल सरकार वैधानिक कानुन २००४’ घोषणा भएको थियो ।

२००७ पुस २४ गते राणा प्रधानमन्त्री मोहनशमशेर जबराले भारदारीसभा बोलाई राजा त्रिभुवनलाई राजा मान्न तैयार रहेको प्रस्ताव यही भवनमा पारित गराएका थिए । देशमा प्रजातन्त्र आएपछि २००७ साल चैत २९ गते पहिलो भारदारीसभाको बैठक पनि यहीँ भएको थियो ।

सोही ग्यालरी बैठक नै देशको प्रथम निर्वाचित प्रतिनिधिका लागि महासभा भवन बन्यो । २०१६ असार १६ गते मंगलबारको दिन पहिलो महासभाको बैठक यही ग्यालरी बैठकमा भएको थियो ।  शिलापत्रबाट 

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया