२०८३ कार्तिक १२ गते बिहिवार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन 

तुलसीपुर ८ तुलसीपुर ।  “सामूहिक ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्धको शून्य सहनशीलता” भन्ने मूलनाराका साथ दाङसहित देशभर भोलिदेखि ३१ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।  अभियानका बारेमा जानकारी दिन आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम गरिएको थियो  । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा महिला पुनर्स्थापना केन्द्र ओरेक दाङको आयोजनामा सम्पन्न भएको कार्यक्रमले ३१ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तुलसीपुर लगायत पश्चिम क्षेत्रका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरिने भएको हो ।

बिभिन्न निकायको सहयोग तथा महिला पुनर्स्थापना केन्द्र ओरेक दाङको आयोजनामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुने ओरेक दाङले जनाएको छ ।  कार्यक्रम अन्तर्गत सेतो रिबन कार्यक्रम देखि सुरक्षाबास र मनोविमर्श केन्द्रको संस्थागत दिगोपनाका लागि संवाद लगायतका सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको हो ।  कार्यक्रमका बारेमा प्रष्ट पार्दै ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले लैंगिक हिंसा न्यूनिकरणमा बिभिन्न संघसंस्था मात्रै नभई सबैपक्षको उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो । उहाँले लैंगिक हिंसा न्यूनिकरणमा सम्पूर्ण पक्षको भूमिका उत्तिकै महत्वपूर्ण रहेको समेत बताउनुभएको थियो ।

कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का वडा सचिव कर्णबहादुर हमालले गर्नुभएको थियो भने कार्यबहाक वडाअध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

 

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।