२०८३ कार्तिक १२ गते बिहिवार

  तुलसीपुरमा उम्मेदवार चढेको गाडी भित्र जन्मियो बच्चा

तुलसीपुर, २ मंसिर  । दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश ३(१) का उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उहाँका श्रीमान प्रदिप चौधरीले जानकारी दिनुभयो । आफन्तसँग भेटघाटमा रहनु  भएका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिनुभएको हो ।

बा १२च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जादा छोरीको जन्म भएको प्रदिपले जानकारी दिनुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिनुभयो । सृजनाको यो दोस्रो सन्तान हो । यस अघि उहाँले पहिलो सन्तानको रुपमा  प्रिन्सालाई जन्म दिइसक्नु भएको छ । सुत्केरीका आफन्तले सहयोगका लागि धन्यवाद दिदै गर्दा उम्मेदवार पाण्डेले यो आफ्नो कर्तव्य रहेको प्रतिकिया दिदै सहयोग गर्न पाउँदा निकै खुशी भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका मातृशिशु मृत्युदर सुन्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन् ।  उम्मेदवार पाण्डे तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा रहदा स्मार्ट छोरी बिहेबारी, बिस वर्ष पारी नारा दिएर छोरीलाई जन्मेको २० वर्षसम्म मासिक दुई दुईसय रुपैयाँ भत्ता दिने नीति लागू गर्नुभएको छ । 

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।