हापुरे, कार्तिक १६, दाङको बबई गाउँपालिकाका – ५ मा पर्ने पूर्व हापुरेमा भैलो खेलेको रकमबाट जेब्रा क्रसिङ निर्माण गरिएको छ । बबई समृद्धि युवा क्लबले भैलो खेलेर उठेको रकमबाट केही रकम छुट्टयाएर २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।
पूर्व हापुरेका स्थानीय र प्रहरीसँग छलफल गरेर सम्भावित दुर्घटना ग्रस्त क्षेत्र अन्तरगत छुट्टाछुट्टै २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको बबई समृद्धि युवा क्लब पुर्वहापुरेका अध्यक्ष राम बहादुर वलीले जानकारी दिनुभयो।
बबई समृद्धि युवा क्लबका अध्यक्ष राम बहादुर वली उपाध्यक्ष सन्तोष डाँगी, कोषाध्यक्ष दीपक सिरिस मगर, सचिव निशा गन्धर्व र सदस्यहरूको सकृयतामा जेब्रा क्रसिङ निर्माण गरिएको हाे । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको बबई समृद्धि युवा क्लबका सचिव निशा गन्धर्वले बताउनुभयो ।
जेब्रा क्रसिङ निर्माण कार्यक्रममा इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीम बहादुर खड्का, अस्थायी ट्राफिक प्रहरी पोष्ट खिलतपुरका बसन्त ढकाल, लायन्स क्लब अफ बबई छहराका अध्यक्ष प्रेम बहादुर वली, राष्ट्रिय युवा संघ बबईका अध्यक्ष केशव गाहा मगर, टोल कमिटी अध्यक्ष टेक बहादुर मगर, रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी लगायतको सहभागिता रहेको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।