२०८३ असोज ६ गते मङ्गलवार

मोटरसाइकलको ठक्करबाट बालककाे मृत्यु 

सांकेतिक फोटो

तुलसीपुर, ९ कार्तिक । मोटरसाइकलको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१९ दोघरेमा कोठा भाडामा बस्दै आएका  ९ वर्षका बालक बिप्लव बूढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । मृतक बालक रोल्पाको थबाङ गाउँपालिका –४ मलेगिरी निवासी सुकबहादुर बूढाका छोरा भएको प्रहरीले बताएको छ ।  

हिजो बिहान ८ बजे नालीमा मृत अवस्थामा भेटिएका बालकको घटना स्थलमा खसेको टुक्राबाट प्रहरीले ठक्कर दिने मोटरसाइकल सहित चालकलाई पक्राउ गर्न सफल भएको हो । कोठाबाट ७ गते साँझ करिब साढे छ बजे  मामाको घरमा जाने भनेर निस्कीएका बालक भोलीपल्ट बिहान नालामा मृतमा अवस्थाम फेला परेपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो ।

काेठा र मामाकाे घर करिब ५० मिटर टाढाको दूरीमा पर्छ । प्रहरीले रा२प ४३५८ नम्बरको मोटरसाइकल सहित चालक तुलसीपुर उपमहानगरपालिका– १७ भीतुरे निबासी २१ बर्षका अनिल बिकलाई पक्राउ गरेको छ । खोजतलास गर्दै गएको प्रहरीले मोटरसाइकललाई बोराले छोपेर आफु घरको बइकलमा लुकेको अवस्थामा पक्राउ गरेको थियो ।। 

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।