तुलसीपुर, ९ कार्तिक । एक्कासि ठूलो आवाजमा डयाम्म आवाज आयो । घरमा बसेका र सडकमा हिँडिरहेका नागरिकहरू एक्कासि बम बिष्फोट भएजसरी पट्याएपछि त्रसित र भयभीत भए । किशोरहरूको एक हुल हाँस्दै खित्किदै हुरहुर दौडिँदै गए । साँझपख घर भित्र बसेका मान्छेहरू आत्तिँदै बाहिर निस्किए । पटका पट्कीएको थाहा पाएपछि घरधनीले गाली गर्न थाले ।
‘तिम्रो नास हुने । अर्का घरको अगाडि आएर पट्काउन लाज मान्दैनौ ? तुलसीपुरको सुकौरा रोड नजिकै घरको छतबाट तलतिर हेर्दै एक महिलाले गाली गर्नुभयो ।’ यो उदाहरण मात्र हो । रहिदिन यता तिहार नजिकिएसँगै तुलसीपुरमा पटका आतंक बढेको छ । सोमबारदेखि तुलसीपुर बजारका विभिन्न स्थानमा ठूलो आवाजमा पटक पट्काउँदछ नागरिकहरू भयभीत र त्रसित भएका छन् ।
प्रतिबन्धित गरिएका पटाकाहरू बजारमा पट्काउन थालेपछि स्थानीय प्रशासन प्रति नागरिकले गुनासो पोख्न थालेका छन् । प्रतिबन्धित गरिएका पटकाजन्य वस्तुहरू बाहिरबाट बजारमा ल्याएर ड्याम–ड्यामडुमडुम पट्काउदासम्म प्रहरी प्रशासन मौन बस्नु यो गतिलो संकेत नभएको नागरिक अगुवा टिकाराम रेग्मीले बताउनुभयो । पटकाले नागरिकलाई झस्काउने र आतङ्कित पार्ने मात्र हैन अङ्गभङ्ग समेत हुने भएकाले तत्काल नियन्त्रणका लागि नेपाल प्रहरी अविलम्ब एक्सनमा जानुपर्ने उहाँले बताउनुभयो ।
तुलसीपुर सहित जिल्लाको ठूला सहर घोराही, लमही, भालुबाङ, अमिलिया लगायतका स्थानमा रमाइलोका लागि ठूलो आवाजमा पट्काउदा आमनागरिक भयभीत र त्रसित भएका छन् । दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले घरको छतबाट पटका पट्काउने गरेका कारण नियन्त्रणमा समस्या भएको बताउनु भएको छ । ‘हामी नियन्त्रणका लागी रहेका छौ । दुईतीन तला माथिबाट पटका पट्काउँछन् । कहाँ जानु कसलाई भन्नु । यसमा नागरिक पनि सजग र सचेत हुनुपर्यो ।’ वलीले भन्नुभयो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।