२०८३ कार्तिक १० गते सोमवार

विद्यार्थीहरु माला बनाउनमा ब्यस्त

तुलसीुर,कार्तिक ७ हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसंगै तुलसीपुर क्षेत्रका पुस्प व्यवसायीहरुलाई ग्राहकको माग पुरा गर्न भ्याईनभ्याई भएको छ । दैनिक जसो हुने कार्यक्रम तथा तिहारका लागी माला तथा फुलको माग बढ्न थालेको हो ।

यस्तै यतिबेला तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीमा अबस्थित तुलसीपुर मेट्रोे कलेजका विद्यार्थीहरु पनि अर्डर अनुसारको फुल टिप्न र माला बनाउनमा ब्यस्त देखिन्छन् । बाली विज्ञान दोस्रो वर्षमा अध्यनरत विद्यार्थी र फरेष्ट्रिका विद्यार्थी गरी जम्मा ६० जनाको समुहले कलेजको आफ्नै ५ कट्ठा जग्गामा मखमली र सयपत्रीको पुस्प खेती गरेका हुन् । मालाको माग धेरै नै बढीरहदा दैनिक २०० वटा मालाहरु बिक्रि गरिरहेकोमा भाईटिकासम्म थप माग बढ्न सक्ने विद्यार्थीहरु बताउँछन् ।

अहिले मखमली फूल प्रति किलो एक हजार र माला प्रति माला एक सय बिस रुपैयाँ र सयपत्री फुल प्रति किलो छ सय रुपैयाँ र माला प्रति माला दुई सय रुपैयाँको दरले बिक्रि गरिरहेको वाली बिज्ञान दोस्रो वर्षमा अध्यनरत विद्यार्थी गंगा भण्डारीले बताउनु भयो । यतिबेला शिक्षक र विद्याथीहरु मिलेर बिहान देखि बेलुका सम्म नै फुल टिप्न र माला बनाउन ब्यस्त देखिन्छन् । साथै ग्राहकको सहजताको लागी तुलसीपुर बजारको विभिन्न क्षेत्रहरुमा पनि स्टल राखेर सेवा दिईरहेका छन् । यसरी बिद्यार्थीहरु पढ्दै कमाउदै गर्ने भए पछि आर्थिक हिसाबले केहि राहत हुने र घरमा मागिरहनु नपर्ने विद्यार्थीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।