तुलसीपुर, २१ असोज । रोल्पामा सडक अबरुद्ध हुँदा गम्भिर बिरामी परेका प्रहरी जवान बिचबाटोमै अलपत्र परेका छन् । पहिरो गएका कारण सहिदमार्ग सडक अबरुद्ध भएपछि पूर्वी रुकुमको ईलाका प्रहरी कार्यालय चुनबाङमा कार्यरत प्रहरी जवान विष्णु केसी बिच बाटोमै अलपत्र परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटोले जानकारी दिनुभयो ।
घर्तिगाउँ र थबाङको बिचमा सडक अबरुद्ध भएपछि प्रहरी जवानलाई स्थानीय मेडिकलमा राखिएको छ । उनको उद्धारका लागि सुर्खेतबाट हेलिकप्रटर मगाएपनि मौसम खराबीका कारण उड्न नसकेको प्रमुख जिल्ला अधिकारी सापकोटोले जानकारी दिनुभयो । विष सेवन गरेर गम्भिर बिरामी परेका प्रहरी जवान केसीलाई पूर्वी रुकुम लग्न छाडेर घर्तिगाउँ तर्फ ल्याउँदा समस्या भएको सापकोटोले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार






