फाइल फाेटाे
तुलसीपुर, २० असोज । बर्षातका कारण अवरुद्ध रोल्पाको होलेरी – घोराही सडक सुचारु भएको छ । घोराही उपमहानगरपालिका–१९ स्थित थमबाँसमा खसेको पहिरो जेसिभी लगाएर हटाएपछि अबरुद्ध सडक दिउँसो २ बजेदेखि सुचारु भएको दुई खोली प्रहरी चौंकीका इन्चार्ज सुनिल शाहले जानकारी दिनुभयो । सडक सुचारु भएपछि बिचबाटाेमा राेकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।
पहिरोलाई घोराही उपमहानगरपालिकाबाट गएको जेसिभीले हटाएको थियो । गएराति पहिरो जाँदा होलेरी घोराही सडक अबरुद्ध भएको थियो । सडक अबरुद्ध हुँदा गन्तव्यमा हिडेका दर्जनौ सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।
प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।