तुलसीपुर असोज १४ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजको रहेको जातीय विभेद पनि असुर प्रवृत्ति भएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ले आयोजना गरेको बडादशै,शुभदीपावली एवम् नेपाल संवतका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सभ्य समाज निर्माणका लागि असुर प्रवृत्तिलाई हटाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्वकर्माले चाडपर्वका नाममा देखिने विकृति पक्षलाई हटाउँदै जानुपर्ने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले चाडपर्वहरुलाई सभ्य र सुसंस्कृति ढंगले मनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष कृष्ण बस्नेत,पूर्व वडा सदस्य देउकली विश्वकर्मा, नेकपा एमालेका मुकेश वली,बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, समाजसेवी परवीर पुन,शिक्षक गोपाल खड्का, शरण जिएमलगायतका वक्ताहरुले बोल्नुभएको थियो । वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य रामबहादुर पौडेलले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।