२०८३ असोज ६ गते मङ्गलवार

लेखनलाई समृद्धिसंग जोड्नुपर्छ : पाण्डे

तुलसीपुर, ४ भदौ । ग्रिन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले लेखन शैलीलाई आर्थि उत्पादनसंग जोड्नु पर्ने बताउनुभएको छ । रेडियो प्रकृति एफएम र ग्रिन फाउण्डेसन नेपाल दाङको संयुक्त आयोजना आजदेखि दाङको तुलसीपुरमा सुरु भएको निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले यस्तो बताउनु भएको हो । पत्रकारिता क्षेत्रबाट आर्थिक परिवर्तन ल्याउन सकिने भन्दै अध्यक्ष पाण्डेले कृषिमा आधारित, उद्यम, व्यापार, व्यवसाय लगाएतका विषयवस्तुलाई समेट्नु पर्ने बताउनुभयो ।

‘हाम्रो लेखन शैलाीलाई अब समृद्धिसंग जोड्नु पर्छ । हामीले लेखेको कुराले समाजमा परिवर्तन आउँनुपर्छ । हाम्रा कलम अब युवालाई विदेश होइन नेपालमा केहि गर्नुपर्छ र आर्थिक रुपले परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको प्रेणा प्रर्दान गर्नुपर्छ ।’ अध्यक्ष पाण्डेले भन्नुभयो । मुलुकमा राजनीतिक परिवर्तन आएपनि आर्थिक रुपले परिवर्तन नभएको भन्दै रेडियो बहस, छलफल, बिचार र लेखालाई आर्थिक संग जोड्नु पर्ने उहाँले बताउनुभयो ।

ग्रिन फाउण्डेसन नेपाल दाङका सचिव सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य संगित बस्याल, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र बिबस डिसी, स्वतन्त्र पत्रकार संघ दाङका अध्यक्ष जितसागर जिएम लगाएतले पत्रकारिता समाजको ऐन भएकाले सत्य, तथ्य र विस्वसनिय समाचार प्रवाह गरेर समाजको विश्वास जित्नुपर्ने बताउनुभयो ।

तालिम अवधिभर , संचार , आम संचार, इलेक्टोनिक मिडिया, सोसल मिडिया, उद्घोषण, रेडियो कार्यक्रम, स्टेज कार्यक्रम, समाचार, समाचारका प्रकार, स्रोत, फिचर लेखन, भाषण कला लगाएतका विषयमा सिकाईने छ । तालिममको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ नेपाल दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य संगित बस्याल, पत्रकारहरु जेएन सागर, इन्द्रविवस डिसी, ओपेन्द्र बस्नेत रहनु भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।