२०८३ कार्तिक १० गते सोमवार

दाङमा अझै पन्ध्र प्रतिशत जमिनमा धान रोपाई हुन बाँकी

सांकेतिक तस्विर

तुलसीपुर,३० साउन । दाङमा गत वर्ष शतप्रतिशत धान रोपाई सम्पन्न भएकोमा यो वर्ष अझै पन्ध्र प्रतिशत जमिनमा रोपाई हुन बाँकी रहेको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएकोमा करिव ८४ प्रतिशत जमिनमा मात्र धान रोपाई सम्पन्न भएको कृषी ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । केन्द्रका अनुसार अझै जिल्लामा पन्ध्र /सोह्र प्रतिशत धान रोपाई हुन बाँकी रहेको छ ।

यो वर्ष समयमा पानी नपरेका कारण घोराही र तुलसीपुरमा साउनको अन्तिम साता भई सक्दा समेत अझै रोपाई जारी रहेको कृषी ज्ञान केन्द्र दाङका सुचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो । जिल्लाको देउखुरी क्षेत्रमा मात्र शतप्रतिशत धान रोपाई सम्पन्न भएको छ । अन्य पालिकाहरुमा भने रोपाई हुन बाँकी रहेको छ । जसअनुसार देउखुरी क्षेत्रको राप्ती,गढवा,राजपुर र लमहीमा ९८ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका,दंगीशरण र बबई गाउँपालिकामा ७० प्रतिशत रोपाई सम्पन्न भएको छ भने घोराही उपमहागनरपालिकामा ७८ प्रतिशत,शान्तिनगरमा ८५ प्रतिशत,बबईमा ७० प्रतिशत र बंगलाचुलीमा ८० प्रतिशत धान रोपाई भएको सुचना अधिकारी सिंहले जानकारी दिनुभयो । जसमा ६० प्रतिशत क्षेत्रफल आकाशे भरमा खेति हुने गरेको छ भने ४० प्रतिशत क्षेत्रफलमा सिंचाईको सुविधा रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।