२०८३ कार्तिक १२ गते बिहिवार

आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड

तलुसीपुर, ३० साउन ।आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालय मन्दिरहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । आज दांङ तुलसीपुरको त्रिशिद्धेश्वरी, धारपानीको पाण्डवेश्वर, शितलपुरको शिव मन्दिर लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।