२०८३ कार्तिक १२ गते बिहिवार

रुकुम पश्चिममा स्वास्थ्य संस्था हिडेकी महिलाको बाटोमै जन्मियो बच्चा

फाइल फोटो

रुकुम पश्चिम,२८ साउन । रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । त्रिवेणी गाउँपालिका–२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएको हो । वर्षाका कारण आएको पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएको हो । स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएको तर करिश्माले बाटोमै बच्चा जन्माउनु भएको उहाँकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो ।

करिश्मालाई हिजो बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो । रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएको छ । यो सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।