२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा किसानले लगाएको धान वालीमा ब्लास्ट रोग र छड्के किराको प्रकोप

तुलसीपुर,२७ साउन । तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईया स्थित किसानले लगाएको धान वालीमा ब्लास्ट रोग र छड्के किरा भेटिएको छ । असारको अन्तिम साता तिर नै धान रोपीसकेका त्यहाँका किसानको धान वालीमा रोग देखिएपछि चिन्तित बनेका छन । धानको जरा देखि पहेलो हुने,पातमा दाग देखिने र सुक्ने समस्या आउन थालेपछि किसान समस्यामा परेका हुन । केहि समय अगाडि एक दुई स्थानमा मात्र देखिएको रोग विस्तारै फैलिने क्रममा रहेको छ । किसानले लगाएको धान वालीमा रोग देखिएको भन्ने बारे खबर पाएपछि तुलसीपुर उपमहानगरपालिका ८ का वडा अध्यक्ष धर्मराज वली र तुलसीपुर उपमहानगरपालिका कृषी शाखा प्राविधिक कुलराज चौधरीले स्थलगत अनुगमन गर्नुभएको थियो ।

कृषि शाखा प्राविधिक चौधरीका अनुसार धान वालीमा ब्लास्ट रोग र छड्के किरा देखिएको बताउनुभयो । उहाँका अनुसार पानीको मात्रा कम भएर धान वालीमा ब्लास्ट रोग भेटिने गरेको हो । किसानले भनेको भरमा एग्रोभेटबाट औषधि किनेर लग्दा समस्या समाधान नहुने उहाँको भनाई छ । साथै कृषि प्राविधिक चौधरीले धान वालीमा देखिएको रोग कृषि प्राविधिक संग स्थलगत अनुगमन गराई रोगको पहिचान गरेर मात्र धान वालीमा औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । ब्लास्ट रोग पानी प्रशस्त भएमा आफै कम हुने बताउनुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।