साउन २५ सल्यान / सल्यानको कपुरकोट गाउंपालिका बेमौषमी तरकारी खेतीका रुपमा परिचित नाम हो । नेपालको बेमौसमी तरकारी बजारमा झन्डै ४० प्रतिशत भाग सल्यान कपुरकोटले ओगटेको छ । ३ हजार ७ सय भन्दा बढी घरधुरी भएको कपुरकोट गाउंपालिकाबाट एक सिजनमा चार हजार मेट्रिकटन भन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गर्दछ ।
समुन्द्री सतहबाट १४ सय मिटर देखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेको कपुरकोट गाउंपालिकाका ६ वर्टै वडाका किसानले आफ्नो खेतबारीमा वेमौषमी ताजा तरकारी तथा फलफुल उत्पादन गर्दै आइरहेको किसान नेता तथा कपुरकोट गाउंपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।
कपुरकोटमा सल्यान र रोल्पाको त्रिवेणी गाउँपालिका सम्मका किसानहरुले बेमौषमी ताजा तरकारी तथा फलफूल विक्री वितरण गर्ने गर्दछन् । आज मंगलबार पनि किसानले तरकारी बिक्रि गरेका छन् । कृषि उपज बजार केन्द्र कपुरकोटले सञ्चालन गरेको तरकारी हाट बजारमा आज किसानले बेमौषमी तरकारी बिक्रि गरेका हुन् । किसानले आजका हाट बजारमा टमाटर प्रति किलो ४० देखि ४५ रुपैयामा बिक्रि गरेका छन् भने बन्दा गोभी १० देखि १७ रुपैयामा बिक्रि गरेका छन् ।
बजार प्रतिनिधि चन्द्रमणि खड्काको अनुसार काउली प्रति किलो २५ देखि ३०,भेडे खुर्सानी ६५ देखि ७०,मोटो खुर्सानी २० देखि २५,मसिनो खुर्सानी ३० देखि ३५,अकबरे खुर्सानी ७० देखि ८०,सिमी ६० देखि ६५ रुपैयामा बिक्रि गरेका छन् । यस्तै कांक्रो लोकल ५५ देखि ६० कांक्रो उन्नत २५ देखि ३०,मुल प्रति किलो २०,अदुवा पुरानो ३० देखि ३५,माछे खुर्सानी २० र धनिया प्रति किलो ७० देखि ८० रुपैयामा बिक्रि गरेको बजार प्रतिनिधि चन्द्रमणि खड्काले जानकारी दिनु भयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।