तुलसीपुर,२४ साउन । रुकुम पुर्व प्रहरीले अवैधरुपमा लगाईएको गाँजा खेति फँडानी गरेको छ । जिल्लाको भुमे गाउपालिका–१ पञ्चासेको आसपासका क्षेत्रहरुमा अवैधरुपमा लगाइएका गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम ’पूर्व’का प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीको कमाण्डमा २८ जनाको प्रहरी टोलि र सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम (पूर्व)का १२ जना सहित जम्मा ४० जनाको संयुक्त टोलीले अवैध गाँजा फँडानी गरेको थियो । करिव ६५ रोपनी जग्गामा लगाईएको गाँजा खेती फँडानी गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।