पतन्जली योग समिति दाङको अध्यक्षमा पुन: डाँगी

फाइल फोटो

तुलसीपुर १५ साउन । दाङको तुलसीपुरमा योगसम्बन्धि बृहत सत्सङ्ग कार्यक्रम गरिएको छ । पतन्जली योग जिल्ला समिति , जिल्ला महिला समिति र युवा नेपाल दाङको आयोजनामा शनिबार तुलसीपुरमा सत्सङ्ग कार्यक्रम गरिएको हो । पतन्जली योग समितिको सचिवालय त्रिसिद्धेश्वरी मन्दीरको योग साधना केन्द्रमा कार्यक्रम गरिएको हो । जिल्ला अध्यक्ष उदय बहादुर डाँगीको अध्यक्षता एवं पतन्जली योग समिती दाङ ( राप्ती) का सस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार देवराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव माधव सुवेदी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगाराज आचार्यले प्रस्तुत गर्नुभएको हो ।

यसैबिच पततन्जली योग समितिको नयाँ कार्यसमिति चयन गरिएको छ । उदय बहादुर डाँगीको अध्यक्षतामा २३ सदस्यीय समिति चयन भएका छ । समितिको उपाध्यक्षमा विनोद चौधरी, महासचिवमा माधव सुवेदी , सचिवमा टेकबहादुर खड्का ,संगठनमन्त्रि बामदेव धिताल , कोषाध्यक्ष गंगाराज आचार्य, सोसल मिडिया प्रभारीमा हिर्ङकलाल चौधरी, प्रशिक्षण विभाग प्रमुखमा विष्णुप्रसाद पुरी , उद्योग वाणिज्य प्रभारी दान बहादुर बुढाथोकी चयन हुनुभएको छ ।समितिको सदस्यमा मधुसूदन अधिकारी भुपेन्द्र अधिकारी ,हरि प्रसाद घिमिरे, दुर्गाप्रसाद भण्डारी, रोहवर सिङ ढकाल, अमर भुसाल , डम्बर खत्री ,अनुप कुमार श्रेष्ठ, प्रलाद साह, सुबोध रेग्मी,मोतिलाल वली,टेक प्रकाश केसी,आशाराम चौधरी चयन हुनुभएको छ ।

सल्लाहकारमा देवराज केसी ,युवराज अधिकारी ,टोप बहादुर केसी , शम्भु गिरि, गोविन्द प्रसाद न्यौपाने,शिव आचार्य चयन हुनुभएको छ । यसैगरी साहना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय पतन्जलि योग महिला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा विष्णा भुसाल, महासचिवमा अनिता शर्मा, सचिवमा समिक्षा रिजाल, संगठन मन्त्रीमा जानका गैरे, कोषाध्यक्षमा यामा गौतम, सोसल मिडिया प्रभारीमा रेखा शर्मा, प्रशिक्षण विभाग प्रमुखमा निर्मला डाँगी चयन हुनुभएको छ । सदस्यहरुमा ईन्दिरा शर्मा, राधा पोख्रेल, सुसिला रेग्मी, अन्जना श्रेष्ठ,कृष्णा रावत, लक्ष्मि शर्मा, देवा अधिकारी, रिता बस्नेत, मिना विष्ट, कमला नेपाल, शिला भट्टराई, सरला लामिछाने, युवा रेग्मी, राधा केसी, सुसिला पौडेल, रन्जु श्रेष्ठ, गोमा थापा रहनुभएको छ । यस्तै सल्लाहकारमा लक्ष्मी आचार्य, रिणा श्रेष्ठ, उषा साह,आशा देवकोटा रहनुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया