२०८३ कार्तिक १२ गते बिहिवार

जन्मदिनमा भण्डारीद्वारा सेवा घरलाई सहयोग

नारायणपुर, १४ साउन । दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्मदिनको अवसरमा मानव कल्याण समाजद्वारा सञ्चालित मानव सेवा घरलाई सहयोग गर्नुभएको हो ।

भण्डारीले जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सेवा घरलाई आवश्यक कुर्सी र खाने तेल सहयोग गर्नुभएको हो । शनिवार परेको जन्मदिनको अवसरमा उहाँले सेवा घरलाई १० वटा कुर्सी र १० लिटर खाने तेल सहयोग गर्नुभएको छ ।

सहयोग सामाग्री उहाँका दाई नारायण बस्नेतले सेवा घरमा पुगेर हस्तान्तरण गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डेको उपस्थितिमा सहयोग सामाग्री सेवा घरलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।