२०८३ कार्तिक १२ गते बिहिवार

घोराही–होलेरी अबरुद्ध सडक करिव १४ घण्टापछि सुचारु

तुलसीपुर,१२ साउन । अबरुद्ध दाङ घोराही–होलेरी सडक खण्ड करिव १४ घण्टापछि सुचारु भएको छ । बुधबार राती साढे ९ बजे माथिबाट झरेको लेदोसहितको पहिरोले सडक अवरुद्ध भएपछि दर्जनौ सवारी साधन विच बाटोमा अलपत्र परेका थिए ।

पहिरोले अवरुद्ध भएको सडक बिहिबार बिहान ९ बजेदेखि खुलेपछि दर्जनौ सडकमा रोकिराखेका सवारी साधन गन्तब्यमा लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउनलाई घोराही उपमहानगरपालिकाको जेसीबीसहित नेपाल प्रहरी र नागरिकको सहभागितामा पहिरो पन्छ्याउने काम भएको थियो । गत मंगलबार देखि परेको पानीले घोराही–रोल्पा होलेरी जोड्ने सडकमा पहिरो गएपछि अबरुद्ध भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।