२०८३ कार्तिक १२ गते बिहिवार

गाउँ–गाउँमा पुगेर कार्ड नबिकरण गर्दै तुलसीपुर १३ नम्ब वडा

तुलसीपुर, ३ साउन । तुलसीपुर उपमहानगरपालिका १३ नम्बर वडाले सामाजिक सुरक्षा भत्ताको लागि नबिकरण कार्य सुरु गरेको छ । वडा अध्यक्ष मोहन पौडेलको नेतृत्वमा वडा सदस्य र कर्मचारी सहितको टोलीलले समाजिक सुरक्षा भत्ता लिनेहरुलाई पायक पर्ने ठाउँमा बोलाएर नबिकरण कार्य सुरु गरेको हो ।

पहिलो दिन आज वडाको बखरीया, अम्बारपुर दमारगाउँ, टिकुलीगाउँ, र ढकनामा पुगेर एक सय २० जनाको भत्ता बुझ्ने कार्ड नबिरकरण गरिएको छ । तुलसीपुर उपमहानरगपालिका –१३ नम्बर वडा, भौगोलिक दृष्टिकोणले अत्यन्तै विकट क्षेत्र मानिन्छ ।

विशेष गरेर जेष्ठ नागरिक, अपाङ्गहरुलाई सेवामा सहज पु¥याउने उद्देश्यले पायक पर्ने स्थानमा भेला गरेर नबिकरण गरिएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । जेष्ठ नागरिक र अपाङ्गलाई लक्षित गरेपनि समाजिक सुरक्षा भत्ता बुझ्ने सबैको कार्ड नबिकरण गर्ने गरिएको छ । वडामा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिलागरेर भत्ता बुझ्नेको संख्या ६ सय भन्दा बढी छ । यस अघि सामाजिक सुरक्षा भत्ता बुझ्नेहरु कार्ड नबिकरणका लागि वडामा जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।