२०८३ कार्तिक १२ गते बिहिवार

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको सङ्ख्या ६ हजार नाघ्यो

काठमाडौँ, ३ साउन । अनलाइन सूचना प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने विभिन्न स्थानीय तहका वडाहरूको सङ्ख्या ६ हजार एक सय ९८ पुगेको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका अनुसार हालसम्म ती वडाबाट ३७ लाख १५ हजार ३ सय २३ व्यक्तिगत घटना दर्ता भएका छन् । जसमा १९ लाख ६८ हजार २ सय ३० अनलाइन जन्मदर्ता, ४ लाख ३२ हजार ४ सय ७९ बसाईसराइ दर्ता, ७ लाख ९० हजार ९ सय ७२ विवाह दर्ता, २७ हजार २ सय ४९ सम्बन्ध विच्छेद दर्ता, ४ लाख ९६ हजार ३ सय ९३ वटा मृत्यु दर्ता भएका छन् ।

बाँकी रहेका ५ सय ४५ वटा वडामा चालु आर्थिक वर्षभित्रै अनलाईनबाट घटना दर्ता सुरु गर्न सबै प्रदेशका एमआईएस अपरेटरलाई विभागले तालिम दिइसकेको छ । ती वडाहरूलाई आवश्यक पूर्वाधारको समेत व्यवस्था गर्ने कार्य भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

२०७१ चैत ११ गतेबाट काठमाडौँ महानगरपालिकाका केही वडाबाट व्यक्तिगत घटना दर्ता अनलाइन माध्यमबाट गरी यसको शुभारम्भ गरिएको थियो । यसअघि जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ अनुसार अनलाइन विद्युतीय प्रणालीलाई स्वीकार गरिएको थिएन । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण ऐन २०७६ कार्यान्वयनमा आएपछि व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा लैजान थप सहज भएको हो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।