२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा बाख्रा चोरी गरेको आरोपमा २ जना पक्राउ

सिसहनियाँ २५ असार । बाख्रा चोरी गरेको आरोपमा दाङको देउखुरीबाट २ जना पक्राउ परेका छन् । शुक्रबार राती करिव १० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी घरभाँडामा बस्ने कल्पना गुरूङको खोरबाट बाख्रा चोरी भएको थियो । चोरले १ वटा बाख्री, १ वटा बोका र १ वटा खसी गरी ३ वटा बाख्रा चोरी गरेको थियो ।

बाख्रा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिसहनियाँले सोही ठाउँका ४२ वर्षिय दलबहादुर चौधरी र ४५ वर्षिय बलिराम चौधरीलाई पक्राउ गरेको छ । पक्राउ मध्य दलबहादुर चौधरीले आफ्नो घरमा लगेर बाख्रा बाँधेको खवर स्थानीयले प्रहरीलाई दिएका थिए ।

स्थानीयको खवर पाएपछि खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार राप्ती नदी छेउमा हिडिरहेको अवस्थामा दलबहाद चौधरीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । पक्राउ परेका दलबहादुर चौधरीको बयानको आधारमा बलिराम चौधरी पनि पक्राउ परेका हुन् ।मदिरा सेवन गरेपछि उनिहरुले बाख्रा चार्ने योजना बनाएका थिए ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।