२०८३ कार्तिक १२ गते बिहिवार

आज पनि देशका अधिकांश भू भागमा धेरै वर्षा हुने

फाइल फोटो

काठमाण्डौ,२५ असार । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौैसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश भू भागमा धेरै वर्षा हुने भएको छ । महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहे पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू भागमा धेरै वर्षा हुने बताएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा बिहानैदेखि मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक– दुई स्थानमा धेरै वर्षा समेत भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।