२०८३ भाद्र ९ गते मङ्गलवार

तरकारीले मूल्य नपाएको तुलसीपुरका किसानको गुनासो

तुलसीपुर, २४ असार । गाउँमा उत्पादन भएको तरकारीले मुल्य नपाएको किसानहरुले गुनासो गरेका छन् । बाहिरबाट तरकारी तथा फलफूल आयात गर्दा स्थानिय उत्पादनले बजार नपाएको उनिहरुले गुनासो गरे हुन । दाङको तुलसीपुरमा आयोजित तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा सहभागी किसानहरुले यस्तो बताएका हुन ।

स्थानिय सरकारले कृषिजन्य वस्तुको बजारीकरण, चिस्यान केन्द्र र प्रत्येक दिनको मूल्य सूचिका लागि डिजिटल बोर्डको व्यवस्था गर्न आग्रह समेत गरेका थिए । स्थानीय किसानलाई प्रोत्साहित गर्नका लागि अनुदानको व्यवस्था गर्न समेत उनिहरुले माग गरेका छन् ।
ताजा तरकारीको बजार व्यवस्थापनमा साझा अवधारना बताउनुका साथै मूल्यमा एकद्धारा प्रणाली लागु गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का, कृषिशाखा प्रमुख धनराज गौतम, तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष दुजमान भण्डारी, बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरे, किसान दोलख खत्री, कृषि प्राविधिक सुधा मिश्र, झुपलाल खड्का लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन तुलाराम चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया