तुलसीपुर, २२ असार । तुलसीपुर उपमहानगरपालिकालाई पूर्णखोप सुुनिश्चतता दिगोपना घोषणा गरिएको छ । उपमहानगरमा रहेका २३ महिनाका मुनिका बालबालिका सबैले १४ प्रकारका रोग बिरुद्धको पूर्ण खोप लगाएपछि पूर्णखोप सुुनिश्चतता घोषणा गरिएको हो । उपमहानगरपालिका अन्र्तगत रहेको जन स्वास्वास्थय प्रवद्र्धन शाखाले तीन महिना लगाएर गरेको सर्वेक्षण अनुसार १५ महिनासम्मका २९२८ र १६ देखि २३ महिना सम्मका २९०४ जना बालबालिकाले लगाउनुपर्ने सबै खाले खोप लगाएको पाइएको थियो ।
१४ प्रकारको रोगका बिरुद्ध लक्षित बालबालिकालाई क्षयरोग, पोलियो, दादुरा, रुबेला, धनुष्टंकार, निमोनिया लगाएतका खोपबहरु लगाइएको जनस्वास्थय निरीक्षक बिमल केसीले जानकारी दिनुभयो । शाखाले १९ वटै वडाको घरघरमा पुगेर सर्बेक्षण गरेको थियो ।
बालबालिकाको स्तनपान गर्न पाउनु जतिको अधिकार छ त्यतिकै अधिकार खोप पनि रहेकाले शिशु जन्मे पश्चात उसले लगाउनु पर्ने सबै खोप समयमा लगाई सक्नु पर्ने भन्दै जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम पि न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको अध्यक्षतामा भएको पूर्णखोप सुुनिश्चतता दिगोपना घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका उपाध्यक्ष चेतना चौधरी, उपप्रमुख स्यानी चौधरी, जिल्ला खोप समन्वय समितिका प्रमुख अंगत बहादुर शाही, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडैल लगाएतले बोल्नु भएको थियो ।





