२०८३ कार्तिक १२ गते बिहिवार

ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ११ हजार बढिले राष्ट्रिय परिचय पत्र बनाए

तुलसीपुर,१९ असार । चालु अर्थिक वर्षमा ईलाका प्रशासन कार्यालय तुलसीपुरदेखि राष्ट्रिय परिचय बनाउने नागरिकको संख्या ११ हजार ६ सय ९९ पुगेको छ । चालु आर्थिक वर्ष २०७८ साउन देखि ०७९ जेठ सम्ममा परिचय पत्र बनाउने महिला,पुरुषको संख्या ११ हजार ६ सय ९९ रहेको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।

जसमा चालु आर्थिक वर्ष २०७८ साउन देखि ०७९ जेठ सम्ममा राष्ट्रिय परिचय पत्र पत्र बनाउने पुरुषको संख्या ७ हजार २ सय ४४ रहेको छ । त्यसैगरी राष्ट्रिय परिचय पत्र बनाउने महिलाको संख्या ४ हजार ४सय ५५ रहेको छ । चालु आर्थिक वर्षको साउनमा राष्ट्रिय परिचय पत्र बनाउने पुरुषको संया ६९ रहेको छ भने महिलाको संख्या ५० रहेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको भदौमा परिचय पत्र बनाउने पुरुषको संख्या २७० रहेको छ भने महिलाको संख्या ३१६ रहेको छ । असोजमा परिचय पत्र बनाउने पुरुषको संख्या २९२ रहेको छ भने महिलाको संख्या २५० रहेको छ । त्यसैगरी कार्तिकमा परिचय पत्र बनाउने पुरुषको संख्या २९५ रहेको छ भने महिलाको संख्या २६७ रहेको कार्यालयले बताएको छ । त्यसैगरी चालु आर्थिक वर्षको मंशिर महिनामा परिचय पत्र बनाउने पुरुषको संख्या ३५५ रहेको छ भने महिलाको संख्या २८३ रहेको छ । पुस महिनामा परिचय पत्र बनाउने पुरुष ५३३ रहेको छ भने महिलाको संख्या ३१२ रहेको छ । माघ महिनामा परिचय पत्र बनाउने पुरुष ५४० भने महिलाको संख्या ३३२ रहेको छ ।

त्यसैगरी फागुन महिनामा परिचय पत्र बनाउने पुरुषको संख्या ७२३ रहेको छ भने महिलाको संख्या २८३ रहेको छ । चैत महिनामा पुरुषको संख्या १३४३ रहेको छ भने महिलाको संख्या ९६० रहेको छ । त्यस्तै बैशाख महिनामा पुरुषको संख्या ११६२ रहेको छ भने महिलाको संख्या महिलाको संख्या ५५६ रहेको छ । जेठ महिनामा पुरुषको संख्या १६६२ रहेको छ भने महिलाको संख्या महिलाको संख्या ८४६ रहेको छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।