२०८३ कार्तिक १२ गते बिहिवार

रुकुम पुर्वमा झण्डै तीन महिना देखि टेलिफोन र विद्युतीय सेवामा समस्या

तुलसीपुर,१२ असार । रुकुम पुर्वमा झण्डै तीन महिना देखि टेलिफोन सेवा र विद्युत सेवामा समस्या देखिएको छ । यसरी विद्युत सेवा र टेलिफोन सेवामा समस्या हुदा नागरिक मर्कामा परेका छन । गएको चैत–बैशाखदेखि पटक–पटक लाईन जाने र टेलिफोनको टावरले समेत काम नगरेको स्थानियले गुनासो गरेका छन ।

सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा मर्मतको काम हुदै छ केहिबेरमा सुधार हुने जवाफ मात्र पाएको उनिहरुले बताएका छन । यसरी विद्युत सेवा र टेलिफोन सेवा समय–समयमा काम नगर्दा विद्युतिय सामाग्री चलाउन र फोनमा कुरा गर्न निकै समस्या भएको बताएका छन । टेलीफोनमा कुनै बेला कुरा गर्दा गर्दै कट्ने र कुरा गरेको स्पष्ट नबुझिने समस्या भएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले पटक–पटक विद्युत जाने आउने समस्या र टेलिफोनको समस्याले दैनिकी हुने कामकाज र सुचना प्रवाह गर्न समस्या भएको बताएको छ । विद्युत सेवा र टेलिफोन सेवा राम्रो नहुदा विभिन्न काम समेत रोकिने गरेका छन ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।