२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा स्थापना दिवसमा रक्तदान

तुलसीपुर, ९ असार । रक्तदान नै जिवन दान भन्ने मुल नाराका साथ विहिवार तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औँ स्थापना दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको रक्तसंञ्चार केन्द्र(ब्लड बैंक)मा रक्तदान कार्यक्रम गरिएको छ ।

संगठनको जिल्ला कमिटि दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा दश जनाले रक्तदान गरेको जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले जानकारी दिनुभयो ।संगठन स्थापना भएको दिनको अवसरमा हरेक वर्ष रक्तदान तथा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएको उहाले जानकारी दिनुभयो ।

संगठनको लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष समेत हुनु भएको भण्डारीले संगठनले यातायात मजदुरहरुको हकहितका साथै विभिन्न सामाजिक काम गर्दै आएको बताउनुभयो । सो अवसरमा संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले संगठनले स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको बताउनुभयो ।

यातायात मजदुरहरुको हक र अधिकारका लागी संगठन स्थापना भएको बताउदै राज्यले यातायात मजदुरहरुलाई प्रोत्साहीत गर्नुपर्ने माग गर्नुभयो ।साथै उहाले यातायात मजदुरहरु संगठित भए मात्रै हक र अधिकार सुनिश्चित गर्न सकिने बताउनुभयो ।कार्यक्रममा संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वली, केन्द्रिय सदस्य क्षेत्र बहादुर योगी, संगठनका लुम्बिनी प्रदेशका सचिवालय पुर्व सदस्य अमर बहादुर डाँगी,जिल्ला कमिटिको निवर्तमान कोषाध्यक्ष खिम बहादुर डाँगी लगाएतले रक्तदान गर्नुभएको थियो । २०३६ साल असार ९ गते सुनसरीको पानीपिया जंगलमा संगठनको स्थापना भएको थियो ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।