तुलसीपुर, ४ असार । छालाजुत्ता व्यवसायीहरुले आफुहरुको पेशाको संर्वद्धन र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन । तुलसीपुरमा शनिवार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा दाङ जिल्ला छालाजुत्ता व्यवसाय संघ नेपाल सार्की समाजका अध्यक्ष जोगेन्द्र सार्कीले छालाजुत्ता व्यवसायीहरुको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । पुर्खौ देखी सिप र पेशालाई जोगाई राख्नका लागी प्रर्वद्धन गर्नुपर्ने उहाले बताउनुभयो ।
उहाले परम्परागत रुपमा गर्दै आएको छालाजुत्ता व्यवसायलाई आधुनिकीकरण गर्नु पर्ने बताउनुभयो ।सार्की समुदायको परम्परागत पेशा र व्यवसायले आर्थिक स्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै उहाले उक्त लाई पेशालाई संरक्षण तथा प्रर्वद्धन गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । साथै छरिएर रहेका छालाजुत्ता व्यवसायीहरुलाई एकीकृत गर्न तथा संगठित गर्न र संस्थागत विकासका लागी राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने माग गर्नुभयो ।
छालाजुत्ता व्यवसायीक हितका लागी राज्यले खासै चासो नदेखाएको गुनासो गर्दै उहाले तुलसीपुर उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउनु पर्ने माग गर्नुभयो । सो अवसरमा बोल्दै जनप्रतिनिधिहरुले छालाजुत्ता व्यवसायको संर्वद्धन र प्रर्वद्धनका लागी आबश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सार्की समुदायको परम्परागत पेशालाई संरक्षण र प्रर्वद्धनका लागी सक्दो सहयोग र पहल गर्ने बताएका छन् ।
पिछडीएको समुदाय र पेशालाई प्रर्वद्धन गर्ने दायीत्व राज्यको भएको भन्दै उनीहरुले सक्दो सहयोग गर्ने बताएका छन् । समाजका जिल्ला अध्यक्ष जोगेन्द्र सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्यहरु यमुना परियार ,गौरी नेपाली, लक्ष्मण विश्वकर्मा, मोहन विक, तुलसीपुर ५ का वडा सदस्य तथा न्यायिक समिति सदस्य लालमती भण्डारी, वडा नम्वर ५ का वडा सदस्य मधुमती सुनार, भिम बहादुर केसी, तुलसीपुर १८ का वडा सदस्य बसन्ती नेपाली लगाएतले बोल्नुभएको थियो । समाजका महासचिव तथा तुलसीपुर ५ का वडा सदस्य युवराज नेपालीले धन्यवाद सहित समापन गरेको कार्यक्रमको सहजीकरण सचिव प्रेम नेपालीले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।