२०८३ कार्तिक १२ गते बिहिवार

राप्ती गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

फाइल फोटो

भालुवाङ २ असार । दाङको राप्ती गाउँपालिकालाई बिहीबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गाउँपालिकाका ९ वटै वडामा रहेका जन्मे देखि २३ महिना सम्मका कुल ४ सय ९३ जना बालबालिकाले १३ प्रकारको खोप लिइसकेको प्रतिबेदन पढेर सुनाएका थिए ।

सो अवसरमा ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जिल्लाका सवै पालिकालाई समयमै पुर्णखोप घोषणा गर्नूपर्ने बताएका थिए । सो अवसरमा १ वटा प्रस्तावित अस्पताल, १ वटा स्वास्थ्य चौकी र ७ का स्वास्थ्य इकाई र वडा अध्यक्षहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही, खोप फोकल पर्सन किशोर आचार्य, गाउँ पालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालना सुचना अधिकारी विश्वास विकले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।