काठमाण्डौ,२७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण आज बिहान सडक भासिएका कारण ठूला सवारीको आवागमनमा रोक लगाइएको हो ।
सडक भासिदा सो ठाउँमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो । सडक भासिएको स्थानमा २ वटा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक दुई मध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरले भएको प्रहरीले बताएको छ । अर्को शवको भने पहिचान खुलेको छैन ।
भासिएको सडकको भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । एकतर्फी रुपमा साना सवारी साधनमात्रै सञ्चालन गर्न मिल्ने भएकाले भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।