२०८३ कार्तिक १२ गते बिहिवार

सोचमा परिवर्तन हुन नसक्दा छुवाछुत उस्तै

तुलसीपुर, २१ जेठ । नागरिक अगुवाहरुले जातीय छुवाछुतको अन्त्यका लागि अव राज्यको मुल प्रभाहिकरणमा दलित समुदायको भुमिका हुनुपर्ने बताएका छन् । जातीय छुवाछुत कानून सजाय ऐन २०६८ कानून कार्यान्वयनको अबस्थामा हाम्रो भूमिका बिषयक तुलसीपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुदै नागरिक समाज दाङका अगुवा टिकाराम रेग्मीले बिभेदका बिरुद्ध सामाजिक रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले सामाजिक न्याय,राजनीतिक अधिकार प्राप्ती र आर्थिक सम्वृद्धिबाट मात्र जातीय छुवाछुतको उन्मुलन गर्न सकिने बिचार राख्नुभयो । यसका लागि स्थानीय तहको सरकारले दलीत समुदायका लागि बिशेष योजना तथा कार्यक्रम बनाउनुपर्ने र उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सुझाब दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १३ का अध्यक्ष मोहन पौड्ेल, वडा नम्वर १८ का अध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमुना परियार, दङगीशरण गाँउपालिकाका कार्यापालिकाका सदस्य सितारा नेपाली, तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ५ का वडा सदस्य मधुमति सुनारले आगामी आर्थिक बर्षका लागि बनाईने योजना तथा बजेटमा दलितको पक्षमा प्रभावकारी कार्यक्रम ल्याईने प्रतिबद्धता जनाउनुभयो ।

दलित नागरिक समाजका संयोजक छवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सन्तोष परियार र सहजिकरण खेमराज बिश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।