शान्तिनगर जेठ १८ शान्तिनगार गाउँ पालिका वडा नम्बर ७ खैरेनी स्थित नव निर्मित पतंजली योग भवनको बुधबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
उक्त नव निर्मित भवनको शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा केसीे संयुक्त रूपमा उद्घघाटन गर्नुभएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष तारा बहादुर वलीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, पतंजली योगका जिल्ला उपाध्यक्ष बिनोद चौधरीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
भवन निर्माणका लागि शान्तिनगर गाउँपालिकाले ४ लाख रुपैयाँ उपलब्ध गराएता पनि उक्त भवन निर्माण गर्न ५ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष निम बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।