२०८३ जेष्ठ २५ गते सोमवार

शान्तिनगर २ को वडा अध्यक्ष, पदमा मैले आफ्नो तर्फबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु । आगामी वैशाख ३० गते सम्पन्न हुने उक्त स्थानीय निकाय निर्वाचनमा शान्तिनगर गाउँपालिका वडा नं २ को अध्यक्ष पदमा मैले स्वतन्त्र उम्मेदवारको हैसियतले उम्मेदवारी दिने घोषणा गरी सकेको कुरा अधिकांश २ नं. वडा बासीका मतदाताहरूलाई जानकारी गराउन चाहान्छु ।
मैले आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा कुनै व्यक्ति विशेष वा राजनीतिक दलहरूप्रति आग्रह पूर्वाग्रह वा कुनै आक्षेप लगाई मतदाताहरूसंग मत माग्ने पक्षमा छैन । यसअघि निर्वाचित जनप्रतिनिधिहरूले मतदाताहरूको अपेक्षा अनुरूप आफ्नो पदमा रही के–कति योगदान गर्न सके वा सकेनन् । स्वयम् मतदाताहरूले नै मूल्याङ्कन गर्ने विषय हो । जहाँसम्म शान्तिनगर २ नं वडाबासीले विगतमा भएको निर्वाचनमा म पनि एक मतदाताको हैसियतले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दा जनतावाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले शान्तिनगर २ का मतदाताहरूको अपेक्षा अनुरूप कुनै पनि कार्य गर्न नसकेको कुरा मतदाता सामु छर्लङ्ग छ ।उनीहरूले केवल आफ्नो दलिय स्वार्थ, नातागोता, कार्यकर्ता, आसेपासेहरूका निमित्त मात्र स्वार्थसिद्धीमा लिप्त भएको कुरा मैले यस लेख मार्फत जानकारी गराई राख्नुपर्ने आवश्यक ठान्दीन किनकी सचेत मतदाताहरू आफै विज्ञ हुनुहुन्छ । निर्वाचनअघि मतदाताहरू सामु गरिएका प्रतिवद्धता र निर्वाचनपछि जनप्रतिनिधिहरूले जनताप्रति देखाएको रूस्ट व्यवहार आफैमा प्रष्ट छ । यो सवै प्रणालीको दोष होईन । हो भने केवल व्यक्तिगत क्षमता, कार्यकुशलताको अभाव र निजहरूले जनताको सेवाभन्दा आफ्नो पदलाई व्यवसायिक पदको रूपमा रूपान्तर गर्नुनै प्रमुख कारक हो भन्ने कुरा छर्लङ्ग छ । आगामी वैशाख ३० गतेको निर्वाचन पछिको सन्दर्भमा शान्तिनगर २ नं वडा यसभित्र रहेका प्रचुर स्रोत साधनलाई उचित परिचालन गर्न नसक्दा शान्तिनगर वडा नं २ का जनताले विकासको अनुभूति हालसम्म गर्ननै पाएनन् ।

तर २०७९ साल वैशाख ३० गतेको निर्वाचनपछि शान्तिनगर २ वडाभित्रका जनताले अभाव, असुविधालगायत २ नं वडा विकासमा अवरोध आएको महशुस गर्नुपर्ने छैन । किनकी उक्त निर्वाचनमा मैले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको र शान्तिनगर २ वडाका आम मतदाताहरुले निर्वाचन आयोगद्वारा मलाई प्रदान गर्ने निर्वाचन चिन्हमा मतदान गरी वडा अध्यक्ष पदमा अत्यधिक वहुमतले विजय बनाउनु हुनेनै छ भन्ने अपेक्षा लिएको छु । तत्पश्चता शान्तिनगर २ वडा बासिन्दाहरूले उल्लेखित समस्याहरू भोग्नुपर्ने छैन भन्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

म एक युवा सिर्जनसिल मात्र होइन । मभित्र शान्तिनगर २ वडाभित्र रहेका प्रत्येक समस्याहरुसंग परिचित छु । साविक २,३,४,५,६ सवै वडाका समस्याहरूलाई सरल तरिकाबाट समाधान गर्ने इच्छा मात्र होईन । विज्ञ तथा प्राविधिक समूहहरूको सल्लाह सुझाव लिई प्रविधियुक्त नमुना वडाको रूपमा विकास गर्ने क्षमता समेत म राख्दछु । अहिले निर्वाचनअघि मैले गरेका प्रतिवद्धताहरू प्रत्येक मतदाताले मेरो प्रतिवद्धता–पत्र लिई वडा कार्यालयमा समाधान खोज्न सक्नु हुनेछ । निरन्तर र विस्तृत रूपमा र निर्वाचन अवधिमा यहाँहरूको घरदैलो र सामुहिक कार्यक्रममा मेरा आफ्ना विस्तारित कार्ययोजना प्रस्तुत गर्नेनै छु ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया