२०८३ कार्तिक १२ गते बिहिवार

उद्योग ब्यबसाय श्रमिक मैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुको जोड

दाङ,१८ बैशाख । श्रमिक मैत्री उद्योग ब्यबसाय हुनुपर्ने दाङका श्रमिकहरुले बताएका छन् । मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज आईतबार तुलसीपुरमा आयोजना गरेको श्रमिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूति बिषयक बिचार गोष्ठीमा सहभागि मजदुरहरुले साघँुरो र अध्यारो कोटा,स्वच्छ हावाको अभाव र उचित ज्याला नपाउने बताएका हुन । सुनचाँदी कालिगढ ब्यबसायी मिनबहादुर बिक,छालाजुत्ता ब्यबसायमा कार्यरत जोगेन्द्र सार्की,आबिष्कार ईलेक्ट्रिक एशोसयसनका रुपक शाही,श्रमिक टेकबहादुर बिक र ऋषिराज बिकले कालिगढहरुले काम गर्ने स्थान नै वातावरण मैत्री हुन नसकेको बताउनुभयो ।

स्वच्छ हावाको अभाव भएपनि,श्रम बाफत मालिकले जति ज्याला दिन्छ,त्यो नै स्वीकार गर्नुपर्ने अबस्था रहेको उहाँहरुले बताउनुभयो । श्रमिक मजदुरको अबस्थाको अध्ययन बिश्लेषण गर्न नसकेका स्थानिय तहले श्रमिक मजदुरका लागि श्रम सहकारी सञ्चालनको अनुमति दिन समेत नसकेको गुनासो उहाँहरुको छ । कार्यक्रममा नागरिक समाजका सल्लाहकार टिकाराम रेग्मीले मजदुर,किसान र श्रमिकका लागि बनाईका कानून समेत कार्यान्वयन हुन नसकेको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले मानव अधिकारको दृष्टिकोणले प्रत्येक नागरिकको मौलिक हकमा रहेको स्वच्छ वातावरणको अधिकार सुनिश्चीत गर्न उद्योगी ब्यबसायीहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपालीले आफ्नो अधिकार सुनिश्चत गर्न मजदुरहरु एकाबद्ध हुनुपर्ने सुझाब दिनुभयो ।

शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनका अध्यक्ष नरेन्द्र बन्जाडे, नागारिक समाजका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी,महिला मानव अधिकार रक्षक सञ्जालकी पदमा चौधरी,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल,पत्रकार  उमा भण्डारीले श्रमिक मजदुरका अबस्थाका बारेमा चर्चा गर्दै तत्काल राज्यबाट त्यसको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको बिषय बस्तुमा प्रवेश कोषाध्यक्ष कोमल डाँगीले गराउनु भएको थियो । उपसभापति नविन पाख्रेलले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिब उषा गौतममले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।