२०८३ कार्तिक १२ गते बिहिवार

बालवालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग नगर्न तुलसीपुर उपमहानगरपालिकाद्धारा अपील

तुलसीपुर,१६ बैशाख । बैशाख ३० गते आउँदै गरेको स्थानिय तहको निर्वाचनमा कुनै पनि राजनितिक दहरुले बालवालिकालाई चुनाव प्रचारप्रसारमा नलाउन,नजान तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ । उपमहानगर पालिकाले वालवालिकालाई कुनै पनि राजनीतिक दलहरूले निर्वाचनमा प्रयोग नगर्न लागि अनुरोध गरेको हो । महिला बालवालिका तथा सामाजिक शाखा र नगर बाल अधिकार समितिले सयुक्त रुपमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा आमसभा, जुलुस, धर्ना, चक्काजाम नगर्न नगराउन अपिल गरेको छ । प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगर्नूृ नगराउन राजनीतिक दल तथा उम्मेदवारहरूसँग अपिल गरेका छन । साथै नेपाल सरकारले जारी गरेको ऐन नियमको परिधि भित्र रहि कार्य गर्न अनुरोध गरेको छ । बालवालिकालाई राजनीतिक प्रयोजनका लागि विभिन्न कार्यमा प्रयोग गर्दा उनिहरुको मानसिकतामा समेत नकारात्मक असर पर्ने हुँदा यस्तो खालको गतिविधिमा समावेश नगर्न र नराउन सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।