फाईल फोटो
तुलसीपुर,३ वैशाख । तुलसीपुरको एक सामुदायिक वन भित्र आगलागि भएको छ । शनिवार दिउँसो साढे तीन बजे तुलसीपुर उपमहानगरपालिका ३ स्थित सम्झना सामुदायिक वन भित्र आगलागि भएको सब डिभिजनका तुलसीपुरका वन रक्षक तुलसीराम बस्यालले जानकारी दिनुभयो । आगलागिबाट करिब आधा हेक्टर क्षेत्रफलमा रहेको बोट विरुवा नष्ट भएको उहाँले बताउनुभयो । जथाभावि चुरोट खाएर फाल्दा आगलागि भएको अनुमान गरिएको छ । आगो स्थानिय बासी,सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र सव डिभिजन कार्यालय तुलसीपुरका कर्मचारीको सक्रियतामा आधा घण्टा पछि नियन्त्रणमा आएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।